विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

Gandaki Ghumau


बेनि । म्याग्दीको बेनीमा शुक्रबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ।

उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा दिवस मनाइएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सामान खरिदका क्रममा म्याद र गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो।

Shreekrishna
Gunasthariya Shiksya

जिल्ला अदालत म्याग्दीका श्रेष्ठदार भोलाराज रेग्मीले उपभोक्ता अधिकार सम्बन्धी कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक मदन कुँवर, क्याम्पस प्रमुख गोरख जिसी, सञ्चालक समितिका सदस्य मिनबहादुर कार्की लगायतको सहभागिता रहेको थियो।

म्याग्दीका विभिन्न वडाबाट क्याम्पसमा अध्ययन गर्न आएका विद्यार्थीहरू मार्फत उपभोक्ता सचेतना सम्बन्धी सन्देश घरघरमा पुग्ने अपेक्षा गरिएको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले बताउनुभयो।

कार्यक्रमको सञ्चालन उद्योग तथा पर्यटन कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले गर्नुभएको थियो।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...