जमुनाखर्कका डेढ सय शिक्षक विद्यार्थी र शिक्षकको आँखा परिक्षण

Gandaki Pardesh notice

बेनी । जामुनाखर्क मावि सहित म्याग्दीको बेनी नगरपालिकाका ३ वटा विद्यालयका करिब ६ सय जना विद्यार्थी र शिक्षकको आँखा परिक्षण गरिएको हो ।

म्याग्दी जेसिजले बेनी नगरपालिका–६ अर्थुङ्गेको जामुनाखर्क मावि, वडा नम्बर ४ सिंगाको धवलागिरी र तातोपानीको सरस्वति माविमा ५७८ जनाको आँखा परिक्षण गरेको हो ।

जामुनाखर्क माविमा बिहिबार नेत्रज्योती संघको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ६५ जना छात्र, ५३ जना छात्रा र ३२ जना शिक्षकहरुको आँखा परिक्षण गरिएको म्याग्दी जेसीजका उपाध्यक्ष गोकुल विश्वकर्माले बताउनुभयो । ।

Shreekrishna hardwear in news

यसअघि मंगलबार धवलागिरी माविका २११ र सोमबार सरस्वती माविका २१७ जनाको आँखा परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । म्याग्दी जेसिजका शाखा अध्यक्ष समेत नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गर्नुभएको थियो ।

Bhautik ministry notice about road

शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षणसँगसँगै आँखाको भित्री भाग दृष्टि नसा, रेटिनालगायतको जाँच गरिएको उहाँले बताउनुभयो । जामुनाखर्कमा ४ जनाको आँखामा न्युन दृष्टिको समस्या पहिचान भएको छ ।

आँखा परीक्षणका क्रममा दृष्टिभ्रमको समस्या पहिचान भएका विद्यार्थीलाई नेपाल नेत्रज्योति संघ जिल्ला शाखामार्फत हिमालय आँखा अस्पतालबाट निःशुल्क चश्मा माग गरी उपलब्ध गराउने म्याग्दी जेसिजले जनाएको छ ।

कार्यक्रममा बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाले विद्यालयमै आएर विद्यार्थी र शिक्षकको आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको बताउनुभयो ।

जामुनाखर्क माविका प्रअ सोमनाथ ढुङ्गानाले मोवाईल, टिभी, कम्प्युटर लगायत विद्युतीय उपकरणको अत्याधिक प्रयोगका कारण बालबालिकाको आँखा जोखिममा पर्न सक्ने विषयमा सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

अठार वर्षदेखि ४० वर्षभित्रका युवाको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसिजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...