मल्कवाङ सडक सञ्जालमा जोडियो (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice


बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ

प्रदेश सरकार अन्तरगतको पूर्बाधार बिकास कार्यालय, म्याग्दीले मराङको बेशी देखि आरवाङ–हाङबाङ हुदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो । मल्कबाङका अमृत छन्त्यालले सडकको ट्याक (मार्ग) खुलेपछि जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका बताउनुभयो ।

अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको मल्कवाङमा यसअघि सडक यातायात सुबिधा थिएन् । आवत जावतका लागि भिर, जंगल र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्दथ्यो । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।

Shreekrishna hardwear in news

यातायातका साधन सञ्चालन हुन थालेपछि आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा सहज भएको छ । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगंगा गाउँपालीकाको कुइनेखानीका करिब पाँच सय घरधुरी लाभान्वित भएका वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो ।

यो सडकले मराङको आरबाङ, रिखा, घण्टीबाङ, हाङबाङका डेढ सय घरधुरीलाई पनि सुबिधा पुगेको छ । बेशीदेखि पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट तीस मिनेटमै पुगिन्छ । यात्राअबधि छोटिएको र ढुवानीको भाडा घटेको छ । बिरामीलाई अस्पताल पु¥याउन सजिलो भएको स्थानीय दलमान छन्त्यालले बताउनुभयो ।

Bhautik ministry notice about road

पूर्बाधार बिकास कार्यालयका अनुसार बेशी देखि मल्कबाङ जोड्ने सडकको दुरि ११ किलोमिटर छ । आर्थिक वर्ष २०७५÷७६मा बिनियोजन भएको रु. असी लाख बजेटबाट उपभोक्ता समितिले बेशी देखि आरबाङ हुदै मल्कबाङका सिमानासम्म सडक खनेका थिए ।

कार्यालयका सब इञ्जनियर घनश्याम रोकाले २०७६÷०७७ मा रु. ७२ लाख ७ हजारमा ठेक्का सम्झौता गरेको अर्गेजा कन्ट्रक्सनले दुई हजार ७०० मिटर सडकको नयाँ ट्याक खनेको जानकारी दिनुभयो ।

“गत असारमा खनिएको सडकमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन भएपनि ठेक्का सम्झौता अनुसार ६६ प्रतिशत प्रगति भएको छ,” उहाँले भन्नुभयो “यस वर्ष मल्कवाङ देखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि बिनियोजन भएको रु. एक करोड २५ लाख बजेटको ठेक्का आव्हान भैसकेको छ ।”

रघुगंगा गाउँपालिकाको पाखापानी–ठाडाखानी हुदै भेडिखाल्टाको नजिकै सडक पुगिसकेको छ । मल्कवाङ देखि भेडिखाल्टा गाउँ जोडिएपछि यो सडक म्याग्दीको पाँच वटा स्थानीय तहलाई जोड्ने चक्रपथ बन्ने बताइएको छ ।

७ वटा वडा रहेको धवलागिरी गाउँपालिकाको गुर्जा बाहेकका वडाको भुगोल सडक सञ्जालमा जोडिएका छन् । वडा न. ४ मुदीमा पनि हालै सडक यातायात सुबिधा पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...