मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

Gandaki Pardesh notice

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङवुक गुफा पर्यटकको पर्खाइमा छ ।

फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृतिहरु देख्न सकिने लुङबुक गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।

“जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौ भक्तजन र पर्यटक आवत जावत गरेपनि नजिकै पर्ने लुङबुक गुफा सुनसान छ,” उहाँले भन्नुभयो “मुस्ताङ भित्र्ने पर्यटक र भक्तजनलाई लुङबुक गुफामा भित्र्याउन सकेमा बसाई लम्बाउन सकिने सम्भावना छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गुफाभित्र हात्तिको अनुहार, सुड, लक्ष्मी, शिव लगायत देवी देवता, मानिसका शरिरका अंगहरु आकृतिहरु देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृतिहरु गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्धारमा ४० मिटर अग्लो झरना छ । हिउँद याममा झरनाको पानी जमेको छ ।

गुफाभित्र वौद्ध धर्मावलम्बीहरुका लामाले तपस्था गर्ने ठाउँ छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडक अन्तरगत एक्लेभट्टी स्थित कालीगण्डकी नदीको मोटरेबल पुल देखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुङबुक गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ ।
हालै लुङबुक गुफाको अवलोकन गर्नुभएकी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका प्राकृतिक कलाकृतिहरु अनौठा किसिमका रहेका बताउनुभयो । “फल्याक गाउँदेखि हिडेर गुफासम्म पुग्दाको दुख कलात्मक आकृतिहरु देखेर भुलाउँछ,” उहाँले भन्नुभयो “गुफाभित्रै पकाएर खान सकिने भाडाकुडा पनि छन् ।”

औसी र पूर्णिमाका दिन लुङबुक गुफा दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको स्थानीयबासीले बताएका छन् । फल्याक गाउँदेखि लुकवुङ गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पु¥याउने तयारी गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...