भगवति र देविस्थानमा पश्चिम नेपालको सहकारी शिक्षा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवति र मालिका गाउँपालिका–५ देविस्थानमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

भगवति सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुलाई फागुन २७ र देविस्थानका सेयर सदस्यहरुलाई २८ गते संस्थाको इतिहाँस, अवस्था, योजना, बचतका फाइदा, ऋणको सदुपयोगका उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

देविस्थानमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष भिमप्रसाद गौतमले नियम संगत हिसाबले सञ्चालन भएका सहकारी संस्थाहरुमा समस्या नरहेको र आत्तिन नहुने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पश्चिम नेपाल सहकारीले बचत र ऋणको कारोबार मात्र नगरी सामाजिक गतिबिधि समेत गरेको बताउनुभयो । संस्थाका मुख्य व्यवस्थापक प्रेमलाल कडेलले सहकारीका मूल्य मान्यता, अन्तराष्ट्रिय अभ्यास, मार्गदर्शनको बारेमा जानकारी गराउनुभयो । आर्थिक प्रशासन प्रमुख मेघराज शर्माले पनि सहजिकरण गर्नुभएको थियो ।

संस्थाका सचिव कृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सेवा केन्द्र प्रमुख रेकबहादुर पुन र सल्लाहकार तथा भिम माविका प्रअ डम्मर घर्तिमगरले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भ्गवतिमा सहकारीका सेवा केन्द्र संयोजक श्रीकृष्ण रिजालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद पौडेल, प्रमुख व्यवस्थापक प्रेमलाल कडेल र आर्थिक प्रशासन शाखाका प्रमुख मेघराज शर्माले सहजिकरण गर्नुभएको थियो ।

६ हजार २८८ जना सदस्य रहेको संस्थामा रु. १२ करोड ७२ लाख एक हजार २०० सेयर पुजि रहेको छ । रु. ९१ करोड २९ लाख ४७ हजार ३७ को कारोबार भएकोमा बचत रु. ६७ करोड चार लाख १४ हजार ९८५ र ऋण लगानी रु. ६९ करोड ६४ लाख ३६ हजार ९८० रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...