रत्नेचौरको पिपलडाडा–दमाहचौतारा सडक मजदुर मार्फत स्तरोन्नति गरिदै

Gandaki Pardesh notice

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति योजना कार्यान्वयन गरिएको छ ।

विपद् न्युनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीद्धारा सञ्चालित पिपलडाडा–दमाहचौतारा मोटरबाटो स्तरोन्नति योजनाको सडक विस्तार, पर्खाल र नाली निर्माण गर्न मजदुर परिचालन गरिएको उपभोक्ता समितिले जनाएको छ ।

समितिका अध्यक्ष ओमबहादुर रोकाले बस्ति भित्र डोजर र ब्याकुहोलोडर चलाउँदा विपद् निम्तने भएकाले मजदुर परिचालन गरेको बताउनुभयो । “ब्याकुहोलोडर ल्याएर भित्ता काट्ने, नाली खन्ने र सम्माउने काम गर्न सकिन्थ्यो तर विपद्को जोखिम घटाउन मजदुर परिचालन गरेका हौ,” उहाँले भन्नुभयो “करिब एक महिनायता दैनिक ५ देखि १४ जना सम्म मजदुरले सडक निर्माणको काम गरिरहेका छन् ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

विकाससँगै स्थानीयलाई रोजगारीको अवसर सिर्जना भएको छ । वि.स. २०५७ मा तत्कालीन गाविसको रु. ८१ हजार बजेटमा बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि दमाहचौतारा सम्म करिब ३०० मिटर सडकको मार्ग खोलिएको थियो ।

२०० भन्दा बढी घरधुरी रहेको रत्नेचौरको मुख्य बस्तिभित्र यसअघि निर्माण भएको सडकलाई ढलान र विस्तार गरेर धिमालथर पु¥याउन लागिएको उपभोक्ता समितिका सचिव कृष्ण रावलले बताउनुभयो । गण्डकी प्रदेश सरकारको रु. २८ लाख ८० हजार अनुदान र उपभोक्ताको रु. ३ लाख २० हजार ३५३ बराबरको श्रमदानमा योजना निर्माण हुन लागेको हो ।

सडक निर्माणमा खटिएका मजदुरहरुका लागि स्थानीयबासीले स्वच्छिक रुपमा पालो लगाएर खाजाको व्यवस्थापन गरेका छन् । १६५ मिटर दुरीमा सडक ढलान, १३९ मिटर पक्कि नाली र ११५ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष रोकाले बताउनुभयो ।
गत बर्ष बेनी नगरपालिकाले बिनियोजन गरेको रु. ८ लाख बजेटबाट किराखोर प्रतिक्षालय देखि १५४ मिटर ढुरीमा पिसिसी ढलान र १०.१३ घनमिटर मेसिनरी पर्खाल निर्माण भएको थियो ।

सडक ढलान र नाली निर्माण भएपछि बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हट्ने स्थानीयबासी इश्वर रावलले बताउनुभयो । सो सडकमा पानी पर्दा सडक चिप्लो भएर लड्ने र हिउँदमा धुलोको समस्या थियो । धिमालथर तर्फ नयाँ मार्ग खोल्नका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु. ३ लाख बजेट बिनियोजन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...