बेगखोलामा बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबार

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाको बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबर निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान सहयोगमा बेगखोला युवा क्लवले निर्माण गरेको फाबर बोर्ड र घेराबारको सोमबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

शिवरात्री मेलाको अवसरमा आयोजित कार्यक्रममा सांसद भण्डारीले बेगखोला जोड्ने सडक सुधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईका योजनाहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चुनावका क्रममा खेलमैदान स्तरोन्नतिमा गरेको प्रतिवद्धता पुरा गरेको बताउदै भण्डारीले बेगखोला सिचाई र बादुक सिचाई योजनाका लागि पनि बजेट व्यवस्थापन गरेको जानकारी गराउनुभयो ।

प्रदेशसभाले लोक्कल मदिरालाई ब्राण्डिङ गर्ने र गाँजा खेतीलाई बैधानिकता दिन प्रक्रीया अघि बढाएको बताउनुभयो । म्याग्दी जिल्लाका ७ वटा सडक कालोपत्र गर्ने योजना अघि बढेको बताउनुभयो ।

पिप्ले हुदै भगवति सम्म कालोपत्र भएको सडकलाई विस्तार गरेर बेगखोला सम्म कालोपत्र गर्न प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...