जलजलाको अध्यक्ष कप वडा नं. ४ लाई

Gandaki Pardesh notice

बेनी । जलजला गाउँपालिका–४ फट्केढुङ्गाले दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी जितेको छ ।

खोलाखेतमा सोमबार सम्पन्न फाइनलमा वडा नम्बर –७ धाइरीङलाई पराजित गर्दै ४ नम्बर वडाले उपाधी जितेको हो ।

प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. १ लाख १११ र रु. ५० हजार ५५५ प्राप्त गरेका छन् । तितृय बनेको वडा नम्बर २ र सान्तवना वडा नम्बर १ ले क्रमश रु. ३० हजार ३३३ र रु. १० हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने वडा र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा नौ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागी स्वरुप अन्य पाँचवटा वडाहरुलाई पाँचहजार ५५ रुपियाँका दरले सहभागी भत्ता प्रदान गरिएको छ । शनिबार देखि शुरु भएको प्रतियोगिताको जिसस उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो ।

जलजला खोलाखेत युवा क्लबले दोस्रो महाशिवरात्री मेलाको समेत आयोजना गरेको थियो । युवा क्लब र स्थानीय आमा समुहले अध्यक्ष कप प्रतियोगिताको व्यवस्थापन गरेका थिए । स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...