सडकका पहिरो रोकथामको उपाय खोज्दै पूर्बाधार कार्यालय

Sinchai Khanipani notice

बेनी । पूर्बाधार बिकास कार्यालय म्याग्दीले जिल्लामा सञ्चालित सडक आयोजनामा पहिरो नियन्त्रण र रोकथामको उपाय खोज्न अध्ययन थालेको छ ।

कार्यालयद्धारा सञ्चालित सडक आयोजनाहरु पहिरोले क्षत बिक्षत भएपछि त्यसको पुननिर्माणका साथै दिगो हिसाबले समाधानका लागि अध्ययन थालेको हो । बागलुङ–बेनी, बेनी–दरवाङ, गलेश्वर–पिप्ले–भगवति–बेग, बेनी–गलेश्वर लगायत पूर्वाधार कार्यालयबाट सञ्चालित सडक आयोजना गएको बर्खाको पहिरो, कटान र भु–क्षयका कारण छिया छिया भएका छन् ।

पहिरोको समस्या समाधानका लागि विज्ञ, महाशाखा र निर्देशनालयका प्रतिनिधि सहितको टोलीले स्थलगत गरेको छ । गण्डकी प्रदेशको पूर्वाधार मन्त्रालयका निर्देशक रामकुमार श्रेष्ठ, पुर्वाधार महाशाखा प्रमुख राम पराजुली, सडक बिज्ञ सुजित धिताल सहितको टोलीले पहिरोबाट क्षतिग्रस्त सडक आयोजनाको स्थलगत निरिक्षण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

सो टोलीले जिसस प्रमुख देवेन्द्र कटुवाल र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठसँग समेत छलफल गरेको थियो । पहिरोका कारण सडक बिस्तार र स्तरोन्नतिमा धेरै ठाउँमा समस्या सिर्जना भएकाले दिगो समाधानका लागि विज्ञको परामर्श लिइएको पुर्बाधार बिकास कार्यालयका प्रमुख नवराज पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

निर्माण भएका संरचनाको संरक्षण र थप क्षति हुन नदिनका लागि टोलीले दिने सुझावका आधारमा काम गरिने पौडेलको भनाई छ । बिशेष गरेर पछिल्लो समय म्याग्दीका सडक बिस्तारका क्रममा जथाभावी रुपमा पहाड भत्काउने र संरक्षणको काम नगरिदा पहिरोको जोखिम बढेको छ ।

कतिपय अवस्थामा अत्याधिक बर्षा, भिरालो र कमजोर भूगोल पनि सडकको चुनौति भएका छन् । गलेश्वर–पिप्ले–भगवतीको प्रवेश बिन्दुमा पर्ने राहुघाट माथिको पाखो पहिरोसँगै बगेपछि अन्यौलता सिर्जना भएको छ ।

पहिरो माथिनै सडक बनाउँदा लागत धेरै पर्ने, दिगो नहुने र पहिरो थप सक्रिय हुने जोखिम छ । पहिरोको जोखिम भएकाले मौवाफाँट तर्फ जाने सडकबाट नयाँ ट्याक खोलेर पहिरो नगएको ठाउँमा जोड्ने बिकल्प पनि अघि सारिएको छ ।

गलेश्वर–फुलबारी खण्डलाई छाडेर घुमाउने ताल हुदै रघुगंगा जलबिद्युत आयोजनाले बनाएको सडकलाई प्रयोग गरि पिप्ले फुलबारीको चोकबाट आयोजनाको काम सुरु गर्ने बिकल्प पनि देखिएको छ । तर यो सडक घुमाउरो हुने कतिपयको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...