टोड्केको पाखामा ढकमक्क गुराँस

Add Samajik bikash office

टोड्के,
‘गुराँस फुल्दा बनै घमाइलो
कोइली बोल्दा मनै रमाइलो
बसन्त लौ मुस्काउछँ
भमराले जिस्काउँछ भुनभुन गरेर
कम्मर भाची नाची दिउकी छुनमुन गरेर’

नेपाली चलचित्र ‘सुपर स्टार’ को साधना सरगमको आवाज रहेको गित सुन्दा बसन्त ऋतुको प्राकृतिक सौन्दर्यको कल्पना हुन्छ । भौतिक रुपमा प्रकृतिसँग रमाउनेहरुको लागि गुराँस फुलेर रङगीएको म्याग्दीको टोड्केको जंगल आकर्षक गन्तब्य बनेको छ ।

रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाई समुन्द्रि सतहदेखि २ हजार ३०० मिटर हो । टोड्के रिसोर्ट तथा होमस्टेका कर्मचारी अनील बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताउनुभयो ।

Shreekrishna hardwear in news


“पाखामा ढकमक्क गुराँस फुलेर रंगिएपछि विदा मनाउन टोड्के आउनेको लर्को लागेको छ,” उहाँले भन्नुभयो “टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”

मंगला–२ सहश्रधारादेखि नवबिवाहित श्रीमतिलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चंगा बनाएको अनुभव सुनाउनुभयो । “गुराँस, चराको चिरबिर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो,” उहाँले भन्नुभयो “हिमाल हेर्दै गुराँससँग रमाउदा दिन वितेको पत्तै भएन् ।”


गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महशुस र तनाव मुक्त भइने मंगला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताउनुभयो । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्कनुभयो । टोड्केमा गाडा रातो र रातो रंङगको गुराँस पाइन्छ ।
गुराँसको फुलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भिम शेरचनले बताउनुभयो । गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।

Bhautik ministry notice about road


हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।


टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु. ५ लाख बजेट बिनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले बताउनुभयो ।
टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । ६ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जना सम्म बास बस्न मिल्ने अट्याच बाथरुम सहितका कोठा र टेन्टको सुविधा छ । तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ ।


विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।
बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ ।


२९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । १९ किलोमिटर दुरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।


पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...