४ र ७ नम्बर वडा जलजलाको अध्यक्ष कपको फाइनलमा

Gandaki Pardesh notice

खोलाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र ७ पुगेका छन् ।

Bhautik ministry notice about road

वडा नम्बर ४ फट्केढुङ्गा र ७ नम्बर वडा धाइरिङको टोलीबीच सोमबार खोलाखेतमा फाइनल खेल हुने आयोजक जलजला गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मल्लाज दृतीय र वडा नम्बर १ बाँसखर्क सान्तवना भएका छन् । जलजलाको ९ वटै वडाको सहभागिता रहेको प्रतियोगिता शनिबार देखि शुरु भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई पचास हजार पाँचसय ५५ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई तीस हजार तीनसय ३३ रुपियाँ ट्रफी मेडल, प्रमाणपत्र र सान्त्वना हुनेलाई दश हजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...