सरस्वती माविका विद्यार्थीको आँखा परिक्षण

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीको आइतबार आँखा परिक्षण गरिएको छ ।

म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आइतवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाँच गरिएको हो ।

१९९ जना विद्यार्थी र १८ जना शिक्षक समेत गरेर २१७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक प्रतिश श्रेष्ठले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत समेत रहनुभएका म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले विद्यार्थी र शिक्षकहरुको आँखा परिक्षण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उक्त अवसरमा विद्यार्थीहरुको दृष्टि परिक्षण संग संगै आँखाको भित्री भागहरु दृष्टी नसा,रेटिनालगायतको समेत जाँच गरिएको र जाँच का क्रममा २ जना बिद्यार्थीहरु मा दृष्टिभ्रमको समस्या फेला पारिएको उनीहरु लाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा मार्फत हिमालय आँखा अस्पतालबाट निःशुल्क चस्मा माग गरि उपलब्ध गराईने शाखा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिका–४ का वडा अध्यक्ष अण बहादुर खड्काले विद्यालयमै पुगेर विद्यार्थी र शिक्षकहरुको आँखा जाँच कार्यक्रम आयोजना गरेर म्याग्दी जेसीजले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले युवाहरुको नेतृत्व व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले सामाजिक र पर्यटन प्रवद्र्धन लगायतका गतिविधिमा गरेका गतिविधि प्रभाबकारी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीकाका सभापति अमर बानियाँ , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्य लगायतले बिद्यालयमा आँखा जाँच कार्यक्रम को आयोजना गरेर विद्यार्थी हरुको आँखामा भएको समस्याले पढाइ मा के कस्तो प्रभाव रहेको छ भन्ने खुल्ने भएको बताउँदै यस कार्यक्रमले रचनात्मक सहयोग पुग्न विश्वास व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...