जलजलाको नाग्लीवाङ र बाग्लुङको गौरीधाम जोड्ने झोलुङ्गे पुल निर्माण

Gandaki Pardesh notice

नाग्लीवाङ, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने ५२४ मिटर लामो झोलुङ्ग पुल निर्माण भएको छ ।

कालीगण्डकी नदी माथि निर्माण भएको पुल लक्ष्य भन्दा चार महिना अघिनै सम्पन्न हुन लागेको हो । निर्माणको अन्तिम चरणमा रहेको पुल आवत जावतका लागि सञ्चालन भएको छ ।
पुल निर्माण भएसँगै करिब दुई घण्टाको यात्रा १० मिनेटमा छोटिएको जलजला–८ ओडारेका नारायण थापाले बताउनुभयो । नाग्लीबाङवासीलाई बागलुङ बजारमा आवतजावत गर्न, बिरामी हुँदा छिटो अस्पताल पुग्न र कृषि उपज बजार लैजान सहज भएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

लामो पुल अवलोकन र वारपार गर्न आउने पर्यटकको चहलपहल बढेको छ । दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७९ असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याटबाहेक रु. ८ करोड २३ लाख ४१ हजार ४११ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

योजना सम्झौतालगत्तै परिचालन भएको निर्माण व्यवसायीले मजदुर र उपकरण परिचालन गरेर चार महिनाअगावै योजना सम्पन्न गरेको कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले बताउनुभयो ।

Bhautik ministry notice about road

“चार महिनाअगावै योजना सम्पन्न गरेका छौँ,” उहाँले भन्नुभयो “पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर लक्ष्य अघिनै योजना निर्माण गरेका छौ ।” केही दिनयता पुलबाट वारपार गर्न थालेका छन् । उक्त पुल एकल स्पानको सस्पेन्सन ब्रिजमध्ये विश्वकै दोस्रो लामो झोलुङ्गे पुल भएको दाबी गरिएको छ ।

पुल निर्माण सम्पन्न भएपछि जलजला–८, नाग्लीबाङका स्थानीय घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यताको अन्त्य भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताउनुभयो । नाग्नीवाङका बासिन्दा व्यापारिक कामका लागि बागलुङमा निर्भर छन् ।

“नाग्लीबाङवासी डेढ घण्टा हिँडेर बागलुङ बजार आउनु पर्दथ्यो । पुल बनेपछि १५ मिनेटमा बजार आउन सकिन्छ ,” उहाँले भन्नुभयो “पुलले दुवैतर्फका सर्वसाधारणलाई आवतजावतमा निकै सहज बनाएको छ । पुलले बागलुङ र पर्वतको पर्यटन क्षेत्रमा समेत सघाउ पु¥याउने छ ।”

लामो र अग्लो पुल भएकाले आन्तरिक पर्यटकलाई पनि यसले आकर्षित गर्ने जलजला ८ का वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङमा यसअघि बागलुङ नगरपालिका–१, रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१, अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको छ ।

नाग्लीवाङका वासिन्दा समेत रहनुभएका जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले झोलुङ्गे पुलले बजारमा सहज पहुँच स्थापित गरेकाले नाग्लीवाङका बासिन्दा व्यवसायिक कृषिमा लाग्नुपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...