शिवरात्रीमा गलेश्वरमा ४ लाख २९ हजार भेटि संकलन

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एकै दिन रु. ४ लाख भन्दा बढी भेटि संकलन भएको छ ।

महाशिवरात्री पर्वको अवसरमा शुक्रबार गलेश्वरमा पुुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटि शनिबार बिहान गनिएको हो ।

यस वर्षको महाशिवरात्री पर्वमा रु. ४ लाख २९ हजार ३८८ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले बताए ।

Shreekrishna hardwear in news

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा शिवरात्रीमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट करिब २५ हजार भक्तजन आएका थिए ।

Bhautik ministry notice about road

महाशिवरात्री पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने कृषकहरु फुर्सद, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपाली भक्तजन आगामन बढेको कोषका सदस्य सचिव बलबहादुुर खत्रीले बताए ।

जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर, कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मन्दिर परिसरमा आज बिहान सरसफाई गरेका छन् ।

साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रीको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटि गन्ने गरिएको छ । गत साउन महिनादेखि यता रु. ३७ लाख ९८ हजार ७०५ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

गलेश्वरमा भक्तजनले चढाउने भेटि शालग्राम बेद विद्याश्रम विद्यालय, जेष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा परिचालन गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...