अधिकार उपभोगमा अग्रसर बन्न सांसद गौचनको महिलाहरुलाई आग्रह

Gandaki Pardesh notice

बेनी, । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले अधिकार उपभोगमा अग्रसर बनन महिलाहरुलाई आग्रह गर्नुभएको छ ।

११४ औ अन्ताराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार बेनीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद गौचनले संविधान र कानुनमा उल्लेखित विषय व्यवहारमा कार्यान्वयन नहुँदा महिला अझै विभेदको सिकार बन्नु परेको बताउनुभयो ।

Shreekrishna hardwear in news

शिक्षामा पहुँच बढाउदै महिलाहरु संगठित रुपमा आफ्नो लैङिगक हक अधिकार उपभोगमा अग्रसर बन्नुपर्ने र हिंसाको प्रतिवाद गर्नुपर्ने गौचनले बताउनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम हुनु अघि बेनी बजारमा प्रभातफेरी गरिएको थियो । सो कार्यक्रममा महिला अधिकारकर्मी, विभिन्न सङ्घ संस्था, कर्मचारी र राजनीतिक दलमा आबद्ध महिलाको सहभागिता रहेको थियो ।

Bhautik ministry notice about road

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । महिला अधिकार स्थापित गराउन विभिन्न नारा लेखिएका प्लेकार्डसहित निस्किएको ¥यालीले महिला अधिकारका पक्षमा नारा लगाउँदै बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभा हलमा म्याग्दी जिल्लामा महिलाको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

कार्यक्रमलाई बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीले सहयोग गरेका छन् । प्रभातफेरीमा जिल्ला समन्वय समितिको प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतको सहभागिता रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...