गलेश्वरमा २५ हजार भक्तजन

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा शुक्रबार २५ हजार जना भन्दा बढी भक्तजनहरुले दर्शन र पुजाआजा गरेका छन् ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले महाशिवरात्री पर्वका अवसरमा २५ हजार जना भन्दा बढी भक्तजन गलेश्वर आएका जानकारी दिनुभयो ।

“गलेश्वरमा हालसम्मकै धेरै संख्यामा यसपालीको शिवरात्रीमा भक्तजन आएका छन,” उहाँले भन्नुभयो “बिहान ७ देखि दिउँसो २ बजेसम्म मन्दिर परिसरमा भक्तजनको भिड लागेको थियो ।”

Shreekrishna

म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायत जिल्लाका भक्तजनहरु आएका थिए । विभिन्न २३ वटा उपसमिति परिचालन गरेर मन्दिरमा भक्तजनलाई सहज रुपमा पुजाआजा र दर्शन गर्ने व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

Gunasthariya Shiksya

मन्दिरको सुरक्षा व्यवस्थाको अनुगमन तथा दर्शन एवम् पूजा अर्चनाका लागि गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक मदन कुँवर, मुख्य अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायतको टोली पुगेको थियो ।

कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वरमा महाशिवरात्री पर्वको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्छ । महाशिवरात्री पर्वमा गलेश्वरमा पुजाआजा, दर्शन गरेमा सन्तान, सुख, धन सम्पत्ती आर्जन हुने र मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।

भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्वमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवालय मन्दिर सहित जिल्लाभरका शिवमन्दिरमा समेत पुजाआजा गर्नेको चहलपहल थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...