काँग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो – नेता शर्मा

Gandaki Ghumau

बेनी, । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ ।

म्याग्दीको बेनीमा शुक्रबार नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँग भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा बामपन्थि राजनीतिक शक्तिको सहकार्यलाई दिर्घकालिन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

“काँग्रेसका मन्त्रीहरुले सरकारलाई जनअपेक्षा अनुसार काम गर्न सहयोग नगर्दा समस्या थियो,” उहाँले भन्नुभयो “महासमिति बैठकबाटै गठबन्धन नगर्ने विषयमा उसले लिएको नीतिले बामपन्थी राजनीतिक शक्तिहरुबीच सहकार्यको परिस्थिति सिर्जना भएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

कोसी प्रदेशमा मुख्य मन्त्री चयन, राष्ट्रियसभाको चुनावमा काँग्रेसबाट राजनीतिक बेइमानी भएपछि अविश्वास सिर्जना भएको र एमाले तथा माओवादीका शिर्ष नेताहरुबीच विगतको कमजोरी सच्चाएर सहकार्य गर्ने समझ्दारी बनेको शर्माको भनाई छ ।
राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई तिब्रता दिने, शुसासन कायम गराउन, शान्ति प्रक्रीया र संविधान कार्यान्वयनलाई तिब्रता दिन सरकारले प्राथमिकता दिने शर्माले बताउनुभयो ।

पुर्नगठन भएको तीन दिनमै सरकारले पूर्णता पाउनुलाई सकारात्मक रुपमा लिन आग्रह गर्दै परिश्थितिको सामना गर्दै उपलब्धीको रक्षा र जनजिविकाका मुद्दामा सरकार तथा माओवादीले जोड दिएको बताउनुभयो । बाम सहकार्यले बामपन्थी राजनीतिक दलहरुबीच पुन एकताको आधार पनि बनेको बताउनुभयो ।

संसदीय अंकगणितले वाम सहकार्यको वातावरण बनेपनि आफ्नै तागतमा उभिएर एक्लै चुनाव लड्ने तयारी गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । गण्डकी प्रदेश सरकार गठनमा देखिएको राजनीतिक समस्या समाधानका लागि सत्ता साझेदार दलका शिर्ष नेताहरुबीच छलफल गरेर निर्णय लिइने शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...