मंगलाका जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीको मैत्रीपुर्ण खेलकुद

Gandaki Pardesh notice

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक र स्थानीयबासीहरुबीच शुक्रबार मैत्रीपूर्ण खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

मंगला गाउँपालिका–५ को कैलाशफाँट खेलमैदानमा गाउँपालिका र समुदायको क्षमता विकास, मेलमिलाप, समन्वय र सहकार्य कायम राख्दै सेवा प्रवाह तथा विकास निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।

भाषा, धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै चाडपर्वलाई रचनात्मक हिसाबले मनाउने सन्देश प्रवाह गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महाशिवरात्री पर्वत, ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । ३५ वर्ष उमेर सम्मकाहरुको ४०० मिटर खुल्ला र ३५ वर्ष माथिका पुरुष महिला दौड र घैटो फुटाउने प्रतियोगिता भएको थियो ।

गाउँपालिकाका कर्मचारी र पिपलबोट युवा समूहबीच मैत्रीपूर्ण खेल भएको थियो ।

मंगला गाउँपालिका–५ अर्मनका वडा अध्यक्ष भूपेन्द्र खत्रीको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष पे्रमकुमारी खत्री क्षेत्री (पेमा)को प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक विपिन आचार्यको स्वागत र जगत बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रशासकीय अधिकृत शिवकुमार पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...