महाशिवरात्रीको महिमा

Sinchai Khanipani notice

मानव समाजको विकासको गतिसँगै घट्ने विविध घटनाक्रमहरुको द्योतक वा स्मृतिका रुपमा विभिन्न धर्म र संस्कृति अन्तर्गत रहेर विभिन्न महापू्रुषहरुको जन्म जयन्ति तथा चाडपर्व मनाउने गरिन्छ। हाम्रो जस्तो धर्म र अध्यात्मप्रधान देशमा प्रतिदिन कुनै न कुनै उत्सवले जीवनमा नयाँनयाँ उम(ंग, उत्साह र खुसीका लहरहरु पैदा गरिरहेका हुन्छन्। हाम्रो समाजमा सम्पादित हुने विभिन्न चाडपर्वहरु मध्ये शिवरात्री वा शिवजयन्ति एक प्रमुख पर्व हो। यस दिनलाई हामी सबै आत्माहरुका पिता, सृष्टि जगतका बीज परमात्मा शिवको यस धर्तिमा अवतरित भएको यादगारको रुपमा मनाउने गर्दछौ। त्यसैले भनिन्छ– ‘सबै पर्वमा पर्व महान्, शिवरात्री नै सर्व महान’् ।
महाशिवरात्री पर्वको स्मरणका साथसाथै सर्व धर्मका सबै अनुयायीहरुको मानसपटलमा परमात्मा शिवको याद तरोताजा भएर आउने गर्दछ। जानेर वा नजानेर भक्तहरु अति श्रद्धा र आस्थाका साथ परमात्मा शिवको भक्ति एवं आराधानामा मग्न रहन्छन्। हरेक शिवका मन्दिरमा ॐ नमः शिवाय का ध्वनिहरु गुञ्जायमान हुन्छन्। ब्राह्मणहरु पाठपूजामा लाग्दछन्भ। कतिपय भक्तहरुले यस दिन व्रत आदि राख्दछन्, जागरण बस्दछन्। कतिपय यस्ता भक्तहरु पनि छन् जसले यस दिनमा भाङ्ग, धतुरो आदिलाई प्रसादको रुपमा सेवन पनि गर्दछन्। भजन, कीर्तनका साथ फलफूल, नैवेध, वेलपत्र, दुध आदि शिवजीमा चढाई विधिवत् रुपमा पूजा आराधना गर्दछन्।

Bhautik ministry notice about road

हुन त हरेक चाडपर्वहरुले मानव समुदायको लागि आध्यात्मिक क्रान्तिको सन्देश लिएर आएका हुन्छन् तर यो शिवरात्री पर्व अन्य पर्वभन्दा छुट्टै र अलौकिक छ, जसले सम्पूर्ण मानव समाजका लागि अलौकिक सुखद् प्रेरणाको साथसाथै खुशी र परिवर्तनको सन्देश पनि ल्याएको हुन्छ। अन्य पर्वहरुले त कुनै घटना वा देहधारी व्यक्ति विशेषको यादलाई स्मरण गराउँछन् तर यस महान पर्वले त सम्पूर्ण देवी–देवताहरुको पनि रचयिता निराकार परमात्मा शिवको स्मरण गराउँछ। यस महान पर्वभित्र के रहस्य लुकेको छ या यस पर्वभित्र चल्दै आएका रीतिरीवाजहरुले मानव समाजलाई कुन सन्देश दिन खोजिरहेका छन्? जसप्रति आज मानिसहरुको ध्यान पुग्न सकेको छैन। हामी पर्व त मनाउँदै आईरहेका छौ, तर केबल परम्परा वा रीतिरीवाजको अनुकरणको स्तरमा मात्र। तसर्थ पाठकवृन्द, अब यस महान पर्वका विविध पक्षहरुको विश्लेषण एवं तिनीहरुका आध्यात्मिक रहस्यलाई अध्ययन गरौं।
महाशिवरात्री पर्वको पनि आफ्नै अलौकिक आध्यात्मिक महत्व छ। यो पर्व फाल्गुन कृष्णपक्षको चतुदर्शीमा पर्दछ। शिवको यस जगतमा अवतरणको बेला रात्रीमा देखाईएको छ। जहाँ रात्रीको अर्थ अन्धकार, अविवेक, भ्रम, अस्पष्टता, अनैतिक, अलमल, आलस्यको प्रतिक हो। सत्य र त्रेतायुगलाई ब्रह्माको दिन र द्वापर र कलीयुगलाई ब्रह्माको रात्री मानिएको छ। कलियुगको अन्ततिर जब जगतमा दुःख, कष्ट, चिन्ता, आपशी शंका, अविश्वास, युद्ध, कलह, प्राकृतिक प्रकोप आदि विकारहरुले मानव आत्मालाई त्राही–त्राहीमान पारिरहेका हुन्छन्। अन्याय, अत्याचार, पापाचार, व्यभिचार र भ्रष्टाचारले जीवन दुष्कर बनिरहेको हुन्छ। काम, क्रोध, लोभ, मोह, अहंकार, आलस्य, सुस्ति र अलवेलापन(भोलिवाद) रुपि नागहरुले डसेर मानव जीवन विषाक्त बनिरहेको हुन्छ। मनुष्यात्माहरु “त्राहीमान” बन्दै भगवानको पूकार गरिरहेका हुन्छन्, त्यतिबेला परमपिता शिव परमात्मा यस पृथ्वीलोकमा अवतरण गर्नुहुन्छ। उहाँको जन्म र कर्म दुबै दिव्य छ।
सर्वशक्तिमान् परमात्मा शिवको मन्दिरको अगाडि शिवको वाहान साँढे अर्थात् नन्दिगणलाई प्रतिमाको रुपमा राखिएको हुन्छ। त्यो परमात्मा शिवबाबाको रथ, पृथ्वीमा पदार्पण गर्ने आधार, बृद्ध प्रजापिता ब्रह्मा रुपी मानव शरीरको प्रतिक हो। यसरी ब्रह्माको शरीरको आधार लिएर परमात्मा शिव यस जगतमा पदार्पण गर्नुहुन्छ। गीतामा भनिएको छ– ‘‘म प्रकृतिलाई वशमा गरी आफ्नो योगबलद्धारा प्रकट हुन्छु।” पहिले सत्य र त्रेतायुगका पवित्र आत्माहरु, जो ८४ जन्मको चक्रमा परि देह–अभिमान र इन्द्रियजन्य विकारको वशमा परि मलिन, दुःखी, विकारग्रस्त भैरहेका हुन्छन्, उनिहरु पूर्वजन्मको संस्कारले गर्दा कुनै माध्यबाट ब्रह्माको नजिक पुग्दछन्। त्यस्ता आत्माहरुलाई शिवबाबाले ब्रह्मा मुखद्धारा ‘ब्रह्मा मुख वंशावली सच्चा ब्राह्मण बनाउनु हुन्छ, गोद लिनुहुन्छ।’ उनिहरुलाई श्रेष्ठ मत, गीता ज्ञान रत्नद्धारा श्रृङ्गार गर्नुहुन्छ। ईश्वरीय गुणहरुको धारणाद्धारा पवित्र बनाउनुहुन्छ। अनि तिनै ज्ञानी बनेका आत्माहरुद्धारा अरु आत्माहरु, जो पूर्व जन्ममा पवित्र आत्मा थिए, तिनीहरुलाई ज्ञान अमृत पान गराउनुहुन्छ। ज्ञान, योग, धारणा र सेवाद्धारा श्रेष्ठ महान आत्मा बनाउँनुहुन्छ। युद्ध, प्रदूषण, विकार, प्राकृतिक प्रकोपले जर्जर भएको पुरानो युग, पुरानो संसारको विनाश पछि यसै पृथ्वीमा नयाँ कल्पको प्रथम युग, जसलाई स्वर्गलोक, सत्ययुग, सुखधाम आदि नामले चिनिन्छ। जसमा अहिलेका पुरुषार्थी आत्माहरु दिव्य सौभाग्य प्राप्त गर्दछन् अर्थात् सुख–शान्तिमा रहन्छन्। यसरी परमात्मा शिवबाबाको पृथ्वीमा अवतरण कलियुगको अन्ततिर र नयाँ कल्पको प्रथम युग सत्ययुगको शुरुवातबीचको सानो लिप्त–युग वा संगमयुगमा हुन्छ। शिवको पूजा देविदेवताहरुको पूजाभन्दा फरक छ। यसलाई मनन् र चिन्तन गर्ने हो भने कतिपय रहस्यहरु स्वतः स्पष्ट हुँदै जान्छन्।
कृष्ण अष्टमी, राम नवमी, श्रीपञ्चमी, बौद्ध पूर्णिमा आदि पर्वमा जन्मतिथि उल्लेख गरिएको छ। शिव चतुर्दशी भनिदैँन बरु शिवरात्री भनिन्छ। त्यस्तै देविदेवताहरुको पूजा गर्दा स्वादिष्ट अन्न र सुगन्धित फलफूल आदि अर्पण गर्दछौ तर शिवलाई आँक र धतुराको फूल, बयर, बेलपत्र आदि चढाउँछौ। यसको पनि आफ्नैे महत्व र रहस्य छ।
प्रथमतः देवि¬देवताहरु यस पृथ्वीमा जन्म लिएर असल कर्मद्वारा प्रख्यात, आदरणिय र पूज्य भएका हुन्। त्यसकारण उनिहरुको जन्मतिथि मनाईन्छ। मानवरुप हुनाले मानवोचित शुद्ध, सात्विक भोजन प्रसाद स्वरुप चढाइन्छ तर शिव जन्म–मरणको चक्रबाट मुक्त, ज्योति स्वरुप, प्रकाश स्वरुप र विन्दु रुप विदेहि भएकाले स्वादहिन खाना चढाई गलत संस्कार, गलत बानी–ब्यहोरा त्याग गर्ने प्रण गरी शिव ज्योतिमा भष्म गर्न अर्पण गरिन्छ। आँक र धतुरो चढाउँनु भनेको नशालु खानपानको त्याग गर्ने प्रतिज्ञा गर्नु हो। बयर चढाउनु अरुप्रतिको कटुता, कुण्ठा, ईष्र्याको त्याग गर्नु हो। त्यस्तै तिनपाते बेलपत्र चढाउनु अर्थात् काम, क्रोध, लोभ जस्ता विकारहरुको त्याग गर्ने प्रण गर्नु हो।
शिवरात्रीमा उपवास गरिन्छ, तर उपवासको अर्थ नबुझी अन्नको त्याग गरिन्छ। उप भनेको उच्च वा माथिल्लो, वास भनेको स्थिती अर्थात् उपवास भनेको आफ्नो दृष्टि, स्मृति, वृत्ति, कृत्ति, संकल्प, संस्कार, वाणीलाई पवित्र र प्रिय बनाई स्वयंको चालचलनलाई शितल र आदर्श बनाउनु हो, स्वयं परिवर्तन भई विश्व परिवर्तन गर्नु हो। आजको समयमा भ्रष्टाचारलाई शिष्टाचार मानिएको छ। यहाँ इमान्दारीलाई कमजोरी ठानिन्छ। अनाचार, व्यभिचार र उत्ताउलोपन संस्कार बनेको छ। मानव नै मानवको खतरनाक दुष्मन बनिरहेको छ। गीतामा वर्णित धर्मग्लानीको समय यही नै हो। शिवरात्रीमा जागरण पनि बस्ने गर्दछन्। सच्चा जागरण स्थुल आँखा खोल्नाने हुँदैन तर सुक्ष्म मनरुपि आँखा खोल्नाले हुन्छ। अन्र्तचक्षुद्धारा आत्मादर्शन, परमात्मादर्शन, समयदर्शन, कर्मदर्शन र जीवनदर्शन गर्नु नै सच्चा जागरण हो। मनरुपी मन्दिरमा ज्ञानको दियो बाली अज्ञानको अन्धकारलाई विनाश गर्नु नै सच्चा जागरण हो। परमात्मा शिवबाबाले नै हामी सबैमा यो आध्यात्मिक जागृति ल्याउने कार्य गर्नुहुन्छ। मन, बुद्धिलाई सधैं जागृत अवस्थामा राख्न सिकाउनुहुन्छ। यसैको प्रतिक हामी जागरण बस्ने गर्दछौ।
आजको यस पतित, दुःखमय पुरानो सृष्टिलाई परिवर्तन गरेर पावन, सुखमय बनाउन आजभन्दा ८३ वर्ष अगाडि संयुक्त भारतको सिन्धप्रान्तमा ६० वर्षिय वृद्ध ब्रह्मा (लेखराज दादा)को तनमा सर्वशक्तिमान परमात्मा शिवको अवतरण भएको थियो। त्यसबेला देखि नै ज्ञान–यज्ञको सुरुवात राजयोगको माध्यमद्वारा भैसकेको छ। यस यज्ञमा विश्वका १४० देशमा १० हजारभन्दा बढी राजयोग केन्द्रहरु र १५ लाखभन्दा बढी मानव आत्माहरु पवित्र, ज्ञानी, शितल, योगी र सन्तुष्टमणि बनी परमात्मा शिवबाबाको रुद्र ज्ञान–यज्ञमा सहर्ष सेवा पु¥याई आफ्नो वर्तमान जन्म आदर्श, सफल र समर्थ पारी नयाँ कल्प, नयाँ स्वर्णिम युगमा उच्च अलौकिक प्रालब्ध बनाउने पुरुषार्थ गर्दैछन्। स्वागत छ यहाँहरुलाई स्थानिय राजयोग प्रशिक्षण सेवाकेन्द्रमा बिहानको १ घण्टालाई ज्ञान आर्जन र योगमा समर्पण गरी पवित्र, ज्ञानी, सदासुखि, हर्षितमुख र सबैको स्नेही बनौ। महान पर्व शिवरात्रीको पावन अवसरमा सम्पूर्ण परमात्मा स्नेही आत्माहरुलाई शुभकामना व्यक्त गर्दछौ।
ओम् शान्ति
ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,
बेनी, म्याग्दी

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...