म्याग्दीका वन पाखामा फक्रँदै सिमल

Sinchai Khanipani notice

म्याग्दी,  फागुन २४ गते । 

‘भर्खर माया बसेको बेलैमा

हिँड्नुु प¥यो नौतुना रेलैमा 

Shreekrishna hardwear in news

तिम्लाई छोडी हिँडेको दिन 

रोएको मन बुझाउनै सकिन

सिमल फुुलेको  

भुल्यौ क्यारे मायाले सँगै डुुलेको’

गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।   

वसन्त ऋतुको सुरुआत । हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा । कोइलीको मनमोहक कुहुकुहुु आवाज । अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल । यसैले बिर्साइदिन्छ जोकोहीको बिछोडको पल र प्रफुल्ल बनाइदिन्छ मन ।   

अग्ला रुखमा फुलेको सिमलले पहाडको बेँसीलाई रङ्गिन र मनमोहक बनाएको छ । यतिखेर यो बाटो हुँदै बेनी र जोमसोम गर्ने आन्तरिक एवं विदेशी पर्यटक पनि सिमलको फूल हेर्दै कोइलीको आवाज सुन्दै रमाइरहेका छन् । कतिपय यस्तो वातावरणमा एकान्तको मज्जा लिन पनि आएका छन् । 

सिमलको फूलको रातो रङमा गाढा खैरोमा कलेजी सिमाना देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन् । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार म्याग्दीमा कडा रातो र रातोमा हल्का पहेँलो रङ मिसिएको फूल फुल्ने दुुई जातका सिमल पाइन्छ । 

यो सिमल फूल्ने मौसम भएकाले म्याग्दीका वनपाखाहरु सुन्दर देखिएका छन् । केही समयपछि लाली गुराँस फुलेर मनमोहक देखिने यहाँका वन पाखामा अहिले रातो रङमा फुलेको सिमलले सुन्दर बनाइदिएको छ । बाटो किनारमा ढकमक्क फूलेको फूल देखेपछि मानिसहरु सवारी रोकेर सिमलसँगै तस्बिर लिएर जाने गरेका छन् ।  

सिमल दुर्लभ नै वनस्पति त होइन तर अन्य वनस्पतिझैँ जताततै पाइने सर्वसुलभ पनि होइन । समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने सिमलको वैज्ञानिक नाम ‘बम्बाक्स सेइबा’ हो । वनस्पतिविद् कमल मादेनका अनुसार सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

Bhautik ministry notice about road

नेपालसहित दक्षिण एसियाका सबैजसो देश, चीन, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स आदि मुलुकमा सिमल पाइन्छ । मध्यरातपछि बिहानसम्ममा फक्रने सिमलको फूलको जैविक विशेषता हो । 

फूलको रस चुस्न रातमा चमेरो र बिहानीपख चराहरू झुम्मिन्छन् । सिमलको फूल मौरीको पनि आहरा हो । ‘बर्डस् एसोसिएटेडविद् रेड सिल्क–कटन ट्री, अम्रावती डिष्ट्रिक्ट’ महाराष्ट्र शीर्षकको २०१९ जनवरीमा प्रकाशन भएको अनुसन्धानात्मक लेखका अनुसार सिमलको फूलमा ८१ प्रजातिका चरा आकर्षित भएको पाइएको थियो । 

सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन रहेको म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका ७० वर्षीय ताराप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार अघिल्लो पुुस्तासम्म कपासबाट बनेका कपडा सहजरुपमा उपलब्ध नहुँदा सिमलको भुवा सङ्कलन गरेर सिरानी, सिरक, डसना बनाउने गरिन्छ । 

हिजोआज सिमलको भुवा प्रयोग कमै मात्र हुन्छ । कपास सहजै पाइन थालेपछि सिमलको भुवाको प्रयोग घटेको हो । सिमलको बोक्रालाई दहीमा मिसाएर उपभोग गर्दा शरीरमा गर्मीका कारण उत्पन्न हुने स्वास्थ्य समस्या निको हुने सहायक वन अधिकृत सापकोटाले बताउनुभयो । सिमलको डाँठ र मुना लाग्दै गरेको पातमा चिप्लो मात्रा धेरै हुन्छ । 

सिमलको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुने गरेको बूढापाका बताउँछन् । टाउको दुख्दा सिमलको पातको रस एक÷दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशन भएको ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गर्नुभएको छ । 

मानन्धरको लेखमा सिमलको जरा गुलियो हुने उल्लेख छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द भएको पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । गाउँघरमा गोठाला र खेताला जाँदा कलिलो सिमलको घोगालाई फलको रुपमा उपभोग गर्ने गरेको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाले बताउनुभयो । 

बाल्यकालमा अग्लो रुखबाट ढुङ्गा र लौरोले झटारो हानेर सिमलको घोगा झारेर खाएको उहाँले सम्झनुभयो । पालुवा खेल्ने बैशाखको अन्तिमतिर सिमलको घोगा पाकेर घुवा निस्कने गर्छ । सिमलको भुवा उडाएर वरपरका पाखा सेताम्मे हुन्छन् । 

अनुसन्धानात्मक लेखमा सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्न सकिने बताइएको छ । महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुने अनुसन्धानमूलक लेखहरुमा उल्लेख छ । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागका नरहरि आचार्य र राजेश तामाङले सन २०१७ मा प्रकाशन गर्नुभएको ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ पुस्तकका अनुसार, चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन । सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ ।

समाजको अनुभव र अध्ययन अनुसन्धानहरुले सिमल औषधिजन्य जडीबुटी रहेको बुझिन्छ । सिमलको उपयोगिताको विषयमा विस्तृत अनुुसन्धान गर्नुपर्ने डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत विनय अधिकारीले बताउनुभयो । 

वनस्पती र चराको सम्बन्धको अध्ययन गर्ने हो भने सिमलको रुखमा मात्र गिद्ध र चिल प्रजातिका पन्छीले गुँड लगाउने गर्दछन् । यी पन्छीले आफ्ना बासस्थानका लागि सिमलको रुख सुरक्षित ठान्ने गर्दछन् । अग्ला हुने सिमलको रुखमा बनाएको गुुँडलाई गिद्ध र चिलले सुुरक्षित मान्ने गर्छन् । 

गिद्धका अनुसन्धानकर्ताहरु अरु रुखमा हाँगा धेरै हुने र गिद्धका पखेटा ती हाँगामा ठोकिने भएकाले हाँगा धेरै नहुने र अग्ले हुने भएकाले सिमलमा गुँड बनाउन रुचाउने बताउँछन् । त्यसैले गिद्धको संरक्षणका लागि सिमलका रुख काट्न प्रतिबन्ध लगाइनुपर्ने उनीहरुको भनाई छ ।  

सिमलको काठ केही वर्षअघिसम्म सलाई उद्योगमा प्रयोग हुने गरेको थियो । सलाईको वैकल्लिक साधनको विकास भएपछि प्रयोग घटेको छ । तर पनि दाउरा र काठका रुपमा पनि सिमल उत्तम ठानिन्छ । सिमलबाट बनेका फर्निचर हल्का हुने भएकाले पनि उपयुक्त ठानिएको छ ।  

सुरिला सिमलको रुख खोपेर पानी घट्ट र नहर बनाउन नमिल्ने ठाउँमा डुढ बनाउने पनि गरिएको छ । पलास्टिकको पाइप उपलब्ध हुन थालेपछि सिमलको रुखको डुँढ बनाउन छाडिएको यसका प्रयोगकर्ताहरु बताउँछन् । 

सिमलको भुवा अरुका तुलनामा नरम र न्यानो हुन्छ । त्यसैले यसको सिरानी र सिरक बनाउन बढी प्रयोगमा ल्याउने गरिएको छ । हल्का खालको सिरक र सिरानी बनाउनका लागि यसको प्रयोग गर्ने गरिन्छ । सिमलको भुवाले बनाएको सिरक अरुका तुलनामा बढी न्यानो र हल्का पनि हुने गर्दछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...