भगवतीमा गुणस्तरहिन मदिरा बेच्ने व्यवसायीलाई कारबाही

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका मदिरालाई विक्रि वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर विक्रि गर्ने व्यवसायीहरुलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफी लगायतका मदिरा विक्रि वितरण गर्न रोक लगाईएको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, अटेर गरी लुकिछिपी गुणस्तरहीन मदिरा विक्रि गर्ने व्यवसायीहरुको अनुगमन गरेर कारबाही समेत गर्न थालिएको छ ।

बुधवार भगवतीमा सवारी साधनमा खाद्यान्नलगायतका सामाग्रीसंग लुकाएर कमसल मदिरा विक्रि वितरण गर्न पुगेको बेनी नगरपालिका– ८ कालीपुलमा रहेको बिक्की एण्ड बदर्शलाई रु १० हजार जरिवाना गरिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका १ सय बोत्तल मदिरा समेत जफत गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारी साधनबाट सामान ढुवानी गरेर लुकिछिपी गुणस्तरहीन मदिरा विक्रि वितरण गर्नेलाई पहिलो पटकका लागि रु १० हजार, दोस्रो पटकका लागि रु २५ हजार, तेस्रो पटकका लागि रु ५० हजार र चौथो पटकमा सवारी साधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

‘‘स्वास्थ्यमा गम्भिर असर गर्ने, सस्तो मुल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको विक्रि वितरणमा रोक लगाएका छाँै, नियम पालनाबारे नियमित अनुगमन पनि भैरहेको छ, कसैले लुकाएर विक्रि वितरण गरे कारबाही गर्न थालेका छाँै’’– उहाँले भन्नुभयो । भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्ती जन्य पदार्थहरुको विक्रि वितरणको लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो ।

उक्त व्यवस्थाको कार्यान्वयनको लागि वडा अध्यक्षको नेतृत्वमा भगवती प्रहरी चौकीका प्रतिनिधि,वडा सचिब, वडा सदस्य, होटल व्यवसायीका प्रतिनिधि र समाजसेवीहरु सम्मिलीत टोलीले अनुगमन गर्ने प्रवन्ध गरिएको छ । बजारबाट भित्रने न्यून गुणस्तरका मदिराको कारण दलित समुदायमा महिलाहरु समेत कुलतमा फसेको, पारिवारीक विखण्डन सिर्जना गरेको, जनधनको क्षति, विभिन्न जटिल स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले विक्रि वितरण र सेवन गर्न प्रतिबन्ध नै लगाउनुपरेको वडा कार्यालयले जनाएको छ ।

यस वडामा १८ बर्ष नपुगेका बालबालिाहरुलाई मदिरा र सुर्ती चुरोट विक्रि वितरण गर्न नपाईने नियमलाई समेत कडाई गरिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ झिँमा गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐनकै व्यवस्थामा टेकेर आयातित मदिरा विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने मदिराको गुणस्तर मापन गरेर बाण्डिङ गर्ने कार्यलाई समेत अघि बढाउने योजना बनाएको जनाएको छ

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...