नारच्याङको छेम्दीमा एक घर एक धारा सहितको खानेपानी आयोजना

Gandaki Kotihome

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरुले श्रमदान गरेर खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् । धारामा मिटर समेत जडान गरिएको छ । यसअघि छेम्दीबासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाईप जडान गरेर खानेपानी उपभोग गरेका छन् ।

Shreekrishna hardwear in news

घरमै भएको निजी धारामा नियमित खानेपानी वितरण भएपछि समयको बचत र सहज भएको स्थानीयबासी देउमन पुर्जाले बताउनुभयो । खानेपानी सुविधाले स्थानीयबासीको दैनिकी परिवर्तन भएको छ । गत मंसिर महिनादेखि शुरु भएको आयोजना यसै हप्ता सम्पन्न भएको हो ।

Notice about ban dadalo


कुल रु. ६४ लाख ६६ हजार ६८ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताहरुले रु. २२ लाख ३५ हजार ७२८ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताउनुभयो ।

पाइप, सिमेन्ट, रड, फिटिङ लगायत निर्माण सामग्री उपलब्ध गराएको ट्रष्टले आयोजना निर्माण स्थलमा एक जना प्राविधिक नियमित रुपमा परिचालन गरेको थियो । गोर्खा वेयलफेयर ट्रस्टको सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ मा खिवाङ र वडा नम्बर –३ को काभ्रेमा पनि खानेपानी तथा सरसफाई आयोजना निर्माणको अन्तिम चरणमा छ ।

खिवाङमा १४२ र काभ्रेमा ७५ घरधुरी लाभान्वित हुने प्राविधिक गुरुङले बताउनुभयो । गोर्खा वेयलफेयर ट्रष्टको सहयोगमा गत वर्ष अन्नपूूर्ण गाउँपालिका –४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर –३ को दाना बजारमा ५१ र दुवारीमा –२६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको थियो ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका सतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २२ वटा थप आयोजना निर्माण गर्नुपर्ने योजनामा उल्लेख छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...