बगरका महिलाको स्वास्थ्य परिक्षण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरका महिलाहरुको गाउँमै स्वास्थ्य परिक्षण गरिएको छ ।

सडक सुविधा नपुगेको बगर गाउँ म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम वस्ति हो । स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि र समस्या पहिचान गर्ने उद्देश्यले गाउँपालिकाका पदाधीकारी र स्वास्थ्यकर्मीहरु गाउँमै पुगेर सेवा दिएका हुन् ।

३२ जना महिलाहरुको पाठेघरको मुुखको क्यान्सर सम्बन्धी परिक्षण गरिएको थियो । ३ जनालाई परिवार नियोजनको साधन इम्पलान्ट सेवा दिइएको धवलागिरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पाठेघरको मुखको परिक्षण गर्ने क्रममा पिसाव नलीमा समस्या देखिएका २ जना महिलालाई थप उपचारका लागि सुझाव दिइएको छ । कार्कीको नेतृत्वमा गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अनिषा आचार्य, मुदी स्वास्थ्य चौकीका प्रमुख ओमकार सुनार, स्वास्थ्यकर्मी सुनिता गुुरुधामीको टोलीले सेवा दिनुभएको थियो ।

सोही कार्यक्रमका क्रममा बगरमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुन मगरले स्थानीय बासीसँग विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका समस्याका विषयमा छलफल तथा अन्र्तक्रिया गर्नुभएको थियो ।

बगर तातोपानी कुण्डको निरिक्षण गर्नुभएका उहाँहरुले पुर्वाधार निर्माण गरेर व्यवस्थित बनाउने प्रतिवद्धता जनाउनुभयो । जलविद्युत आयोजना मार्फत बगर गाउँलाई सडक सञ्जालमा जोड्न काम थालिएको पनि जानकारी दिनुभयो । जलविद्युत आयोजना भित्रिएसँगै बगर गाउँमा रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने तथा विकासमा पहुँच बढ्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...