पुननिर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण

Gandaki Pardesh notice

म्याग्दी । गत असारको पहिरोका कारण अति प्रभावित म्याग्दीको धवलागिरी गाउँपालिकाका पदाधीकारीले पुननिर्माणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटको ब्यवस्थापनका लागि अनुरोध गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल र प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री थममाया थापाको टोलीले बालुवाटारमा बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर पहिरोले पु¥याएको क्षति र गाउँपालिकाको समस्याका बिषयमा जानकारी गराउनुभएको थियो ।

पहिरोका कारण घरबास गुमाएका नागरिकको पुर्नबास, जोखिमयुक्त बस्तीको स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि बिशेष बजेट तथा योजनाको ब्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार आवास पुननिर्माणको लागि मात्रै करिब ८ करोड बढीको लागत अनुमान तयार गरिएको र संघीय सरकार मार्फत छिट्टै आबश्यक बजेट पठाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

Bhautik ministry notice about road

टहरामा भएका नागरिकलाई सुरक्षित घरको छानोमुनी ल्याउन पालिकाको स्रोतले नथेग्ने भएकाले संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष पुनले बताउनुभयो । प्रधानमन्त्री ओलीले पुननिर्माणको कार्य म्याग्दीबाटै सूरु गर्ने सरकारले तयारी गरेको बताउनुभयो । उहाँले बाढी पहिरोबाट देशव्यापी रुपमा भएको क्षतिबारे सरकारले तथ्याङ्क संकलन र लागत तयार पार्ने काम अघि बढाएको जानकारी दिनुभयो ।

गत असारको पहिरोले यस गाउँपालिकाको मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवनहरु भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थापनमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

धवलागिरीको वडा न. ६ मराङमा २४, वडा न.–७ ताकम, धारापानी, काफलडाडामा ३१ र ५ नम्बर वडा मल्कबाङमा ५ घर गरि पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाका अनुसार ६० घर पूर्ण, ७२ घर घर आंशिक क्षति भएका छन ।

जोखिमयुक्त सहित धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर पुननिर्माण र स्थानान्तरण गर्न सिफारिस भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र जिल्लाबाट प्रतिनिधित्व गर्ने सासदलाई समेत यस अघि नै बजेट व्यवस्थापनका लागि छलफल गरिसकेको गाउँपालिकाले जनाएको छ ।

पहिरोबाट धवलागिरीको छिमेकी मालिका गाउँपालिकाको बिममा पनि ८ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । जिल्लाभर २४७ घर पूर्ण क्षति र ८२१ घर जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद् ब्यवस्थापन समितिले निर्णय गरेको छ । सडक, सिचाई, भवन, बिद्यालय, पुल, पदमार्ग, लघुजलबिद्युत लगायत भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...