नाग्लीवाङको फर्सेमा स्वास्थ्य शिविर

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेमा बुधबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जलजला गाउँपालिका–८ को वडा कार्यालय र लायन्स क्लव अफ पर्वत चौतारीको संयुुक्त आयोजनामा निशूल्क आँखा र पाठेघरको मुखको क्यान्सरको स्कृनिङ शिविर सम्पन्न भएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


फर्सेमा रहेको शिव माविमा सञ्चालन भएको शिविरमा ५४८ जनाको आँखा परिक्षण गरिएको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार २७४ जनालाई चश्मा वितरण गरिएको छ । शिविरमा पहिचान भएका ९ जना मोतियाबिन्दुका बिरामीको यही फागुन २९ गते कुश्मामा हुने शल्यक्रिया शिविरमा रिफर गरिएको छ ।

यसैगरी ६१ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सरको परिक्षण सेवा लिएका छन् । पोजेटिभ देखिएका ३ जनालाई थप उपचारको सल्लाह दिइएको छ । ३५० जनाको सुगर र प्रेसर (रक्तचाप) परिक्षण गरिएको थियो ।

उपल्लो भेगका बासिन्दालाई लक्षित गरेर बिहिबार नाग्लीवाङ स्थित वडा कार्यालय परिसरमा शिविर आयोजना गरिने वडा अध्यक्ष जिसीले बताउनुभयो । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई गाउँमै सर्वसुलभ उपचार सेवा उपलब्ध गराउने, स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र बिरामी पहिचान गरि समयमै उपचारको व्यवस्था मिलाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...