जलजलामा गाईको गोबर र मुत्रलाई आम्दानीको स्रोत बनाइदै

Gandaki Pardesh notice

धाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको लालुङ स्थित गण्डकी गोपाल गौशालामा पालिएका गाईको गहुँत र गोबरलाई आम्दानीको स्रोत बनाउन थालिएको छ ।
गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने तथा गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्न थालिएको हो । गाईको गोवर प्रसोधन गरेर पुजा र सजावटका सामग्री बनाउन थालिएको छ ।

गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्य केही महिनाअघि भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आउनुभएको छ । ‘गोवर प्रशोधन गरेर देवी देवताका मुर्ती, धुप, इकोप्रेसर म्याट, चप्पल, भित्ते घडी जस्ता सामान बनाउन थालेका छौ,’ कर्मचारी आचार्यले भन्नुभयो ‘गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पुजा र सजावटका सामग्री बनाउन थालेका हौ ।’ गहुँत प्रसोधन गर्ने उपकरण ल्याइएको छ ।

धाइरीङमा वि.स. २०७२ मा समुदायको अगुवाईमा स्थापना भएको गौशालामा हाल ४८ वटा स्थानीय जातका मात्र गाई र बाच्छाबाच्छि छन् । ११ वट गाईबाट गौशाला शुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

‘स्थानीय जातका गाई संरक्षणगरी धार्मिक र कृषि पर्यटनको विकास गर्ने उद्देश्यले गौशाला सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयोे ‘गाई लोप हुन नदिनुनै गौशालाको उद्देश्य हो ।’

केसीका अनुसार स्थानीयबासीहरुले गौशालालाई गाई सहित प्रति गाई बराबर एक लाख १० हजार रुपैयाँका दरले नगद पनि सहयोग गरेका छन् । स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गा दान गरेका छन् ।

दिउँसोको समयमा नजिकैको जंगलमा चराउन लैजाने गाई बाध्नका लागि व्यवस्थित गोठ बनाइएको छ । बिहान बेलुकी घाँस, पराल र दाना खुवाउने गरिएको छ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।

गाईको दाना, घाँस, पराल र तीन जना कर्मचारीको तलबका लागि वार्षिक २२ लाख रुपैयाँ खर्च हुने गरेको छ । गाईको महत्वका विषयमा समुदाय सस्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन वि.स. २०७६ मंसिरमा मिलनचोक स्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा तीन करोड २४ लाख रुपैयाँ सहयोग घोषणा भएको थियो । महोत्सवमा संकलित रकमको व्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो ।

Bhautik ministry notice about road

गौशालामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षका लागि जलजला गाउँपालिका र संघीय सरकारबाट असी÷असी लाख रुपैयाँ बिनियोजन भएको थियो । गौशाला पछाडी रहेको पाखोमा पर्खाल निर्माण र जग्गा सम्माउने काम भइरहेको जलजला गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले बताउनुभयो । जग्गा सम्माएपछि सो ठाउँमा आश्रयस्थल, हवन कुण्ड, सत्तल र मन्दिर निर्माण गरिनेछ ।

सो संरचना निर्माणका लागि सिम्रन इन्फ्रास्टक्चर एण्ड सप्लायर्स प्रा.ली.सँग रु. एक करोड २५ लाख ८५ हजार २३२ मा ठेक्का सम्झौता भएको छ । आगामी जेठ मसान्त सम्म काम सक्ने ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिन चालु आर्थिक वर्षमा रु. ८ लाख बिनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका स्थानीय जातका गाई र गोरु पाल्ने कृषकलाई अनुदान दिएर संरक्षणको पहल थालेको बताउनुभयो ।

‘आधुनिक र व्यवसायिक पशुपालन तथा कृषिलाई प्रर्वद्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएका हौ,’ उहाँले भन्नुभयो ‘आर्थिक वर्ष २०७९÷८० मा ४०० वटा गाईगोरु पालेका कृषकले चार लाख रुपैयाँ अनुदान पाएका थिए ।’

धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका रैथाने गाईगोरु दुर्लभ हुन थालेका छन् । बढी ढूध दिने उन्नत र बर्णशंकर जातको गाई र भैसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको छ ।

मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको संख्या घटेको छ । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । जिल्ला आयर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्टिष्कका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

‘गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनहरुबाट पहिचान भएको तथ्य हो,’ उहाँले भन्नुभयोे ‘गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...