तातोपानीमा पश्चिम नेपालको सहकारी शिक्षा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका – ४ सिंगा तातोपानीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

तातोपानी सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुलाई संस्थाको इतिहाँस, अवस्था, योजना, बचतका फाइदा, ऋणको सदुपयोगका उपाय लगायतका विषयमा फागुन २० गते प्रशिक्षण दिइएको हो । संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले नियम संगत हिसाबले सञ्चालन भएका सहकारी संस्थाहरुमा समस्या नरहेको र आत्तिन नहुने बताउनुभयो ।

Bhautik ministry notice about road

पश्चिम नेपाल सहकारीले बचत र ऋणको कारोबार मात्र नगरी सामाजिक गतिबिधि समेत गरेको बताउनुभयो । संस्थाका मुख्य व्यवस्थापक प्रेमलाल कडेलले सहकारीका मूल्य मान्यता, अन्तराष्ट्रिय अभ्यास, मार्गदर्शनको बारेमा जानकारी गराउनुभयो । संस्थाका सचिव कृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको सञ्चालन तातोपानी सेवा केन्द्रका प्रमुख अर्जुुन शर्माले गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

२०८० फागुन २० गतेसम्म ६ हजार २८८ जना सदस्य रहेको संस्थामा रु. १२ करोड ७२ लाख एक हजार २०० सेयर पुजि रहेको छ । रु. ९१ करोड २९ लाख ४७ हजार ३७ को कारोबार भएकोमा बचत रु. ६७ करोड चार लाख १४ हजार ९८५ र ऋण लगानी रु. ६९ करोड ६४ लाख ३६ हजार ९८० रहेको आर्थिक प्रशासन प्रमुख मेघराज शर्माले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...