ताराखोलाका सहिद, वेपत्ता परिवार र घाइतेलाई सम्मान

Gandaki Ghumau

जगिन्द्र बिक
ताराखोला, । बागलुङको ताराखोला गाउँपालिकाले ‘जनयुद्ध’का घाइते, अपाङ्ग, सहिद र वेपत्ताका परिवारलाई आइतबार सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र अर्गल स्थित सामुदायिक सभाहलमा आयोजित कार्यक्रममा १५० जनालाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, गाउँपालिकाका अध्यक्ष धनबहादुुर बिक (हिमाल), उपाध्यक्ष भिमबहादुर रोका, धुुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, गण्डकी प्रदेशका पुर्व मन्त्री चन्द्रबहादुुर बुढा लगायतले प्रशंसापत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

२९ औ जनयुद्ध दिवस पारेर दश वर्षे जनयुद्धका घाइते, अपाङ्ग, वेपत्ता र सहिदका परिवारलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष बिकले बताउनुुभयो । ताराखोला गाउँपालिकामा जनयुुद्धका समयमा २६ जना सहिद भएका छन् । २ जना अझै वेपत्ता रहेका छन् । वेपत्ता र सहिदका परिवारलाई गाउँपालिकाले मासिक रु. एक हजारका दरले भत्ता दिने गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

जनयुद्धमा ताराखोलाका प्रथम सहिद विश्व गौचनको स्मृतिमा गाउँपालिकाले विश्व श्रम बैंक स्थापना गरेर ७६ जना युुुवाहरुलाई रोजगारी दिएको अध्यक्ष बिकले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुुदै मन्त्री जुग्जालीले दश वर्षे जनयुुद्धको जगमा भएको जनआन्दोलन, अन्तरिम संविधान, संविधानसभा, संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको उपलब्धीको रक्षा र संस्थागत गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

नयाँ पुस्तालाई जनयुुद्ध अघि नागरिकले भागेका समस्या, जनयुुद्ध गर्नुुको कारण र यसका उपलब्धीबाट नागरिकले सहज रुपमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्न, स्वतन्त्रतापूर्वक पेशा व्यवसाय गर्न पाएको विषयमा जानकारी गराउनुपर्ने बताउनुभयो । जनयुद्धका कारण समाजमा विभेद विरुद्ध र समानताको पक्षमा जागरण आएको पनि उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...