मुस्ताङमा हिमपातका कारण जनजिवन प्रभावित

Gandaki Pardesh notice

बेनी, ः आइतबार बिहानै देखिको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प बनेको छ ।

जोमसोम–पोखरा हवाई सेवा पनि बन्द भएको छ । बेनी–जोमसोम–कोरला सडकको समर देखि माथिल्लो क्षेत्रमा सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङ स्थित शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (विओपी)का प्रमुख भिमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

स्थानीयबासी र पर्यटकहरुको आवत जावत रोकिएको छ । चिसो बढेको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । घर भित्रै आगो तापेर बसेका छन् । खोला, धारामा पानी जमेको छ । डाडापाखा सेताम्मे हिँउले छोपिएको छ । सडक, भवन, पुल, खानेपानी, सिचाई लगायत विकास आयोजना निर्माण कार्य रोकिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिहान देखि उपल्लो मुुस्ताङमा अवरुद्ध बनेको विद्युुत र सञ्चार सेवा अपराहन्नदेखि सूचारु भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुुरुङले बताउनुभयो । चौरी, च्याङ्गा, गाई लगायत घरपालुवा पशुुलाई गोठमै राखिएको छ ।

हिन्दुु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकमा यातायात सेवा सडकमा हिउँ जमेका कारण प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

हिमपात र बर्षाले हिउँदे तथा हिमाली फलफुल खेतीलाई फाइदा गरेको छ । हिउँले जमिनमा राखेको मल भिजाउन, सिचाईका साथै स्याउ, ओखरको परागशेचन प्रक्रीयाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।

“स्याउको परागशेचनका लागि १ हजार ५०० घण्टा ७ डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ,” उहाँले भन्नुभयो “हिउँले सुख्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुन्छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...