सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।

सुख्खा यामसँगै वन जंगलमा लाग्ने डढेलो र आगोलागी नियन्त्रणमा खटिने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बललाई सामग्री सहयोग गरेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको उपस्थितिमा भएको वन डढेलो नियन्त्रण समितिको बैठकमा सामग्री हस्तान्तरण गरिएको डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

५÷५ थान स्वाटर, ३÷३ जोर मोजा, ५÷५ थान सिम्पल क्याप मास्स, ५÷५ थान बेल्चा, ३÷३ जोर फुल बल्याक लेजर बुट, ५÷५ थान सेफ्टी हेलमेट, ५÷५ जोर बटम जम्प सुट सहयोग गरिएको छ । ५÷५ थान रेक हो उइट आइरन हेण्डल, ५÷५ थान रेक उइथ हेण्डल, २÷२ थान ब्याक प्याक वाटर पम्प र ५÷५ जोर पञ्चा उपलब्ध गराइएको अधिकारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सुुख्खा यामसँगै डढेलो लाग्न थालेको छ । घाँस पलाउने वाहना, अवैध शिकार र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको छ । रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको वासस्थान डढेलोबाट नष्ट हुुने गरेको छ ।

गोठालाहरुले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलो लागेको पाइएको छ । भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौति छ । म्याग्दीमा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र छ ।

समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग, पूर्वतयारी संगै डढेलो लागीहालेमा सुरक्षा निकाय, वन उपभोक्ता समुह, स्थानीय तह र सरोकारवालासंग समन्वय संगै जनशक्ति परिचालनमा समेत अगुवाई गरिएको वन डिभिजनले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...