म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व र पदाधीकारी चयनमा सकस

Gandaki Pardesh notice

बेनी,। म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशन तथा ३० औ साधारणसभा शनिबारदेखि बेनीमा शुरु भएको छ ।

अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभयो । साधारणसभामा अध्यक्ष बेलबहादुुर कटुवाल, महासचिव अमित बानिया र कोषाध्यक्ष सुवर्ण रिजालको प्रतिवेदन छलफल पछि पारित भएको छ ।

साधारणसभाको बन्द सत्र सकिएपनि अधिवेशन मार्फत नयाँ नेतृत्व चयन प्रक्रीया स्थगित भएको छ । कटुुवालले राती ११ बजे आइतबार बिहान १० बजेसम्मका लागि निर्वाचन प्रक्रीया स्थगित भएको जानकारी दिनु भएको थियो ।

Shreekrishna hardwear in news

“सहमतिमा नेतृत्व, पदाधीकारी र सदस्य चयन गर्ने प्रयासका लागि निर्वाचन प्रक्रीया शुुरु नगरिएको हो,” कटुवालले भन्नुभयो “पदाधीकारीको महासचिव र कोषाध्यक्ष पदका आकाक्षीहरुसँग छलफल गरेर सहमतिको प्रयासमा छौ ।” सदस्य सरोज बानिया लगायत ब्यवसायीहरुले तत्काल चुनावी प्रक्रीया शुरु गर्नुपर्ने माग गरेका थिए । कटुुवाल र बानियाबीच भनाभन भएको थियो ।

संघको अध्यक्षका दावेदार बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले सहमतिमा पदाधीकारी र कार्यसमिति सदस्य चयन गर्ने प्रयासका लागि विभिन्न चरणमा छलफल जारी रहेको बताउनुभयो । “अहिलेका पदाधीकारीले एक तह माथिको पद लिने भन्ने हिसाबले छलफलका क्रममा महासचिव र कोषाध्यक्षमा कुरा मिलेको छैन,” उहाँले भन्नुभयो “आकाक्षीहरुबीच छलफल गरेर सहमतिको प्रयासमा छौ ।”

उद्योग वाणिज्य संघको नेतृत्व, पदाधीकारी र सदस्यहरुमा राजनीतिक दल निकट व्यवसायीहरुले भागबन्दा गर्ने अभ्यास रहेको छ । अध्यक्षका दावेदार श्रेष्ठ नेपाली काँग्रेस निकट हुनुहुुन्छ । श्रेष्ठले अध्यक्ष पाउँदा प्रथम उपाध्यक्ष राजेश शाक्य बरिष्ठ उपाध्यक्ष, दृतीय उपाध्यक्ष लिलाराम गौचम प्रथम उपाध्यक्ष र महासचिव अमित बानिया दृतीय उपाध्यक्ष बन्ने देखिन्छ ।

श्रेष्ठले अध्यक्ष लिदाँ महासचिव र कोषाध्यक्ष पद आफूहरुले पाउनुुपर्ने नेकपा एमालेका बेनी नगर अध्यक्ष समेत रहेका संघका पदाधीकारी नारायण जिसीले बताउनुुभयो । जिसी महासचिवको दावेदार देखिनुभएको छ ।

Bhautik ministry notice about road

वर्तमान कार्यसमितिका कोषाध्यक्ष सुुवर्ण रिजाल नेकपा माओवादी केन्द्र निकट हुनुुन्छ । रिजालको समूूहले विगतका कोषाध्यक्षले महासचिव लिने नजिर रहेकाले यसपाली महासचिव आफूहरुले पाउनुपर्ने दावी गरेका छन् । रिजाल समूहबाट वर्तमान कार्यसमिति सदस्य मोतिलाल पौडेल महासचिवको दावी गर्नुभएको छ ।

संघमा सबै बिचारमा आस्था राख्ने व्यवसायीहरुको सम्मानजक उपस्थिति हुुनुपर्ने, क्षमता योगदान अनुुसारको अवसर पाउनुपर्ने पौडेलले बताउनुभयो । सहमति नभए निर्वाचन प्रक्रीयामा जान र परिणाम स्विकार गर्न तयार रहेको पौडेलले बताउनुभयो । कोषाध्यक्षमा श्रेष्ठ समूहबाट सुमन श्रेष्ठ, तारानाथ रेग्मी र अन्जिन खानले पनि दावी गर्नुभएको छ ।

एमाले निकट व्यवसायीहरुको समूहबाट ठाकुुर शर्मा, ताराप्रसाद आचार्य (बाबुराम) पनि महासचिव र कोषाध्यक्षको दावेदार हुनुहुन्छ । सहमति नभए तीन वटा समूह बनाएर व्यवसायीहरु चुनावी मैदानमा उत्रन सक्ने तयारी गरेका छन् ।

एक हप्ताको समय राखेर मतदानमा जाने विकल्प रहेको कटुुवालको भनाई छ । एमाले निकट व्यवसायीहरुको तर्फबाट राजेश शाक्य, लिलाराम गौतम र नारायण जिसी मध्य एक जनालाई अध्यक्षको उमेद्वारको रुपमा अघि सार्न सक्ने देखिन्छ ।

काँग्रेस निकट व्यवसायीहरुबाट बरिष्ठ उपाध्यक्ष श्रेष्ठ अध्यक्षका उमेद्वार बन्ने लगभग निश्चित छ । माओवादी निकट व्यवसायीहरुले रिजाललाई अध्यक्षको उमेद्वार बनाउने तयारी गरेका छन् । राजनीतिक समिकरणको प्रभाव उद्योग वाणिज्य संघको चुुनावमा पनि पर्न सक्छ । त्यसो हुँदा सत्तारुढ काँग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी र नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपा निकट व्यवसायीहरु मिल्न सक्ने सम्भावना छ ।

एमालेले राप्रपा निकट व्यवसायीलाई साथमा लिएर चुनावमा जाने देखिन्छ । एमाले निकट व्यवसायीहरुले गठबन्धन टुुटाउन काँग्रेस र माओवादी निकट मध्य एक समुहका व्यवसायीलाई साथमा लिने विकल्पमा पनि छलफल गरिरहेको चर्चा गरेको छ ।

३७ सदस्यीय उद्योग वाणिज्य संघको निर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष, ५ वटा स्थानीय तहका सभापति, महिला उद्यम विकास समिति र बस्तुुगत संघबाट एक जना पदेन सदस्य रहने व्यवस्था छ । चार जना सदस्य अध्यक्षले मनोनित गर्न पाउनेछन् । वस्तुुगत तर्फ यसपाली टेलरिङ व्यवसायीले पदेन सदस्य पाएका छन् ।

अध्यक्ष र २४ जना सदस्य निर्वाचित हुनुुपर्नेछ । सदस्यहरु निर्वाचित भएपछि अध्यक्षले पदाधीकारी तोक्ने व्यवस्था छ । अनुकुुल पदाधीकारी चयन गर्नका लागि अध्यक्षलाई कार्यसमितिमा बहुुमत सदस्यका साथ आवश्यक पर्छ । चुनावमा जाँदा व्यवसायीहरुबीच फाटो आउने र संस्थागत गतिबिधिमा असर पुुग्ने भएकाले सहमतिमा जोड दिनुुपर्ने ब्यवसायीहरु बताउछन् । संघमा दुई हजार २०० जना भन्दा बढी साधारण सदस्य छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...