म्याग्दी उद्योग वाणिज्य संघद्धारा पुरस्कार र सम्मान वितरण

Gandaki Pardesh notice

बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औ वार्षिक साधारणसभा तथा १२ अधिवेशनको शनिबार बेनीमा भएको उद्घाटन समारोहमा विभिन्न पुरस्कार र सम्मान वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । म्याग्दी जिल्लाका क्याम्पसमा अध्ययन गरि स्नातक उतिर्ण गरेका विद्यार्थीलाई प्रदान गरिने उद्योग वाणिज्य पुरस्कारबाट म्याग्दी बहुमुखी क्याम्पसका प्रविन पौडेल र लिलकुमारी पुर्जा मगर सम्मानित हुनुभएको छ । दुवै पुरस्कारको राशी रु. ५÷५ हजार रहेको छ ।

कृषक उद्यमी विधामा बेनी नगरपालिका ७ कुरीलाखर्कको ढुुंगाना कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गाना र मालिका गाउँपालिका ६को पुन कृषि तथा पशुपंक्षी फार्मका उमादेवी पुनलाई सम्मान गरिएको छ । व्यवसायीहरुतर्फ बेनी नगरपालिका ७ को ढुंगाना इलेक्ट्रिकल्सका सञ्चालक हरीलाल शर्मा, होटल तथा रेष्टुरेन्ट व्यवसायीमा लामा रेष्टुरेन्ट एण्ड होटलका राजन लामा र वस्तुगत संघ सदस्यहरुमा म्याग्दी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष गोपाल दर्जीलाई सम्मान गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संघ अन्र्तगतको इकाईहरु मध्य उत्कृष्ट कार्यसम्पादन गरेकोमा मालिका बजार इकाई सभापति लेकबहादुर पुन र धवलागिरी बजार इकाई समितिका सभापति तेजिन्द्र थापालाई प्रशंसापत्र प्रदान गरिएको थियो । महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले गत पुुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भएको दशौ माघे संक्रान्ति मेलाबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक हित कोषमा रु. १ लाख सहयोग हस्तान्तरण गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको परिवारको तर्फबाट संघको हितकोषमा रु. १ लाख रुपैया हस्तान्तरण भएको छ । संघका सचिव तथा मुक्तिनाथ अटो ईञ्जिनियरीङ वर्कशपका सञ्चालक सुमन श्रेष्ठले संघको आजिवन सदस्यता लिनुभयो । यसअघि संघमा ६२ जना आजिवन सदस्य थिए ।

यसअघि ८ वटा वस्तुगत संघ आवद्ध भएको संघमा अधिवेशन तथा साधारणसभाको अवसरमा सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष गंगा थापा कार्की र म्याग्दी मुुद्रण संघका अध्यक्ष सन्दिप खत्रीले आवद्धताको प्रमाणपत्र लिनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य (शिव) र म्याग्दी अनलाइन तथा सम्बृद्ध साप्ताहिकका कमल खत्रीलाई पनि प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संघले स्थापना गरेको हितकोषबाट पछिल्लो साधारणसभा यता २७ जना व्यवसायीहरुलाई रु. ३ लाख असी हजार सहयोग वितरण गरिएको संघका महासचिव अमित बानियाले जानकारी दिनुभयो । साधारणसभा तथा अधिवेशनको अवसरमा प्रमुुख अतिथि ढकालले महासंघको गतिबिधि र प्रतिवेदन समेटिएको स्मारिकाको समेत बिमोचन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...