जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि सूूचारु

Gandaki Pardesh notice

जोमसोम, जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सूचारु भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा देखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकुुल मौसमका कारण गत मंसिर दोस्रो सातादेखि स्थगित भएको थियो ।

गत मंसिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले शुक्रबारदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो । मंसिर १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम–पोखरा उडान सूचारु गर्ने तयारी गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“मौसममा सुुधार र पर्यटकीय याम शुुरु भएकाले पोखरा–जोमसोम हवाई सेवा सूचारु गरिएको हो,” जोमसोम विमान स्थलका प्रमुख शाहले भन्नुुभयो “सुमित एयरलाइन्सले शुक्रबार २ वटा उडान भरेको छ ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भैरहेको अवस्थामा हवाई उडान सूचारु भएपछि मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकलाई सहज भएको छ । हवाई सेवा सूचारु भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

सन २०२३ मा ९१ हजार जना विदेशी पर्यटकले मुुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी–जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...