बेनीमा बजार र सेवा बन्दलाई कात्तिक २८ सम्म निरन्तरता

Sinchai Khanipani notice

पसल साँझ ४ देखि ६ बजेसम्म पनि खुल्ने

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा गरिएको बजार र सेवा बन्दलाई कात्तिक २८ गते सम्मलाई निरन्तरता दिइएको छ ।

बेनी नगरपालिकाको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रजिअ उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले कात्तिक १४ गतेदेखि सुरु भएको बन्दलाई २८ गते राती १२ बजेसम्म लम्बाउने निर्णय गरेको हो ।

Shreekrishna hardwear in news

यसअघि खाद्यान्न, तरकारी, फलफुल लगायतका पसल बिहान ८ देखि १० बजेसम्म खुल्दै आएकोमा अपराहन्न ४ देखि ६ बजेसम्म पनि खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरले जानकारी दिनुभयो ।

लक्षण सहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेको र जोखिम कायमै रहेकाले सरोकारवालाहरुको सुझाव र अनुरोधका आधारमा बन्दलाई लम्बाउने निर्णय भएको हो । बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकाम स्थित बैंक, बित्तिय संस्था र सरकारीहरुबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

Bhautik ministry notice about road

औषधी बाहेकका पसहलहरु खेल्नका लागि बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजे (चार घण्टा)को समय तोकिएको छ । अन्य सरकारी कार्यालय र यातायात सेवामा लकडाउनले असर गर्दैन ।
अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ । संक्रमित जिल्लाबाट म्याग्दीमा आवत जावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् ।

केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका जनप्रतिनिधि, ब्यवसायी, सहकारिका कर्मचारी र स्थानीयबासीमा कोरोना (भाइरस) संक्रमण हुने क्रम बढेको छ । मंगला गाउँपालिकाले मंसिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्म बेनीकै मोडेलमा बन्द गरेका छन् ।

हालसम्म १०८ जना सक्रिय संक्रमित पहिचान भएको म्याग्दीमा ३५ जना सक्रिय संक्रमित मध्य अधिकांश होम आइसोलेशनमा छन् । बेनी र धवलागिरी गाउँपालिका–७ का एक एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

यातायातका साधन सञ्चालन र आवत जावत कायमै रहेकाले जोखिम न्युनीकरण नभएकाले बन्दको शैली परिवर्तन गर्नुपर्ने आवाज समेत उठेको छ ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दी द्धारा जारी सूचना

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...