म्याग्दी र मुस्ताङमा कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम

Gandaki Pardesh notice

बेनी । युवाहरुलाई कृषि तथा पशुपंक्षीपालन सम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम शुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी÷मुस्ताङले १८ देखि ५० वर्ष उमेर समूहका उद्यमीहरुका लागि कृषि तथा पशुपंक्षी सम्बन्धी उद्यम व्यवसाय गर्न सघाउने उद्देश्यले कार्यक्रम शुरु गरेको हो ।

परियोजनाका कृषि अधिकृत बिक्रम बस्यालले चालु आर्थिक वर्षमा रु. ६० लाख बजेट रहेको यस कार्यक्रमका लागि आगामी चैत १५ गतेभित्र आवेदन पेश गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“कृषि तथा पशुपक्षीमा आधारीत उद्यम गर्ने लक्षित उमेर समुहका सदस्यहरुबाट सञ्चालित कृषि समूह, सहकारी वा निजी कृषि फर्म, कम्पनी र उद्यमीले अधिकतम रु. ४ लाखका दरले अनुदान पाउनेछन,” उहाँले भन्नुभयो “मुस्ताङ र म्याग्दीका संकलन हुने मध्य १५ वटा आवेदनलाई अनुदानका लागि छनौट गरिनेछ ।”

तरकारी खेती, दूग्ध, मासु, जौ, फापर, सिलाम, कोदो, फलफुल, उत्पादन, प्रसोधन, बजारीकरण, साना तथा मझौला चिस्यानगृह र पशुपंक्षी तथा माछा पालन गर्नेलाई ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराउने परियोजनाले जनाएको छ ।

म्याग्दी, पर्वत, बाग्लुङ र मुस्ताङमा स्याउ, च्याङग्रा, सुन्तला, आलु र बंगुर जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाले यसपाली युवालाई लक्षित गरेर कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...