स्थानीय सेवा दिवसका अवसरमा सरसफाई र दिप प्रज्वलन

Gandaki Pardesh notice

बेनी, । गण्डकी प्रदेशको प्रथम स्थानीय सेवा दिवसको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय परिसर र दिप प्रज्वलन गरिएको छ ।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आव्हान अनुसार बिहिबार बिहान पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालय परिसर सरसफाई गरेका अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारीहरुले साँझ दिप प्रज्वलन गरेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायत जनप्रतिनिधि र कर्मचारीहरु सरसफाई र दिपप्रज्वलनमा सहभागी हुनुभएको गाउँपाकिलाका ईञ्जिनियर समेत रहेका स्थानीय सेवा कर्मचारी सञ्जाल म्याग्दीका अध्यक्ष ईश्वर बहादुर भण्डारीले बताउनुभयो ।

Shreekrishna hardwear in news

दिवसको अवसरमा शुक्रबार बेनी बजारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भण्डारीले शुक्रबारनै म्याग्दीका स्थानीय तहमा अन्तर स्थानीय तह शरुवा हुने कर्मचारीहरुको बिदाई, सरुवा भएर आएका कर्मचारीहरुलाई स्वागत, बढुवा भएका कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन, वृहत भेटघाट र चियापान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

म्याग्दी जिल्लाका स्थानिय तहहरुमा दीपावली गर्ने, सरसफाई गर्ने, दीर्घ सेवी कर्मचारी सम्मान लगायत विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरी भव्य रूपमा मनाउने तय भएको छ । सञ्जालको गण्डकी प्रदेश कार्य समितिले राष्ट्रव्यापी डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

संघीयता कार्यान्वयनको आधार स्तम्भ र जनताको घर आँगनमै पुगेर सेवा प्रदान गरिरहेको महत्वपूर्ण सेवाको रूपमा रहेको स्थानिय सेवालाई प्रभावकारी र आकर्षणको केन्द्रका रूपमा स्थापित गर्न दिवसले सन्देश प्रवाह गराउने विश्वास गरिएको छ ।

गण्डकी प्रदेशमा स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन जारी भएको दिनको सम्झनामा स्थानिय सेवा दिवस हरेक वर्ष फाल्गुण १८ गते मनाइन्छ । गत वर्ष २०७९ साल फाल्गुण १८ गते गण्डकी प्रदेश सरकारले स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...