कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ ।

गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले शिविर गरेको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शिविरमा बेनी नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका २५ जना दूध उत्पादक कृषक सहभागी भएका थिए । उनिहरुलाई गाईभैसीमा हुने बाँझोपनको समस्याको कारण, समाधान र सावधानीको उपायका विषयमा परामर्श दिनुका साथै निशूल्क औषधी वितरण गरिएको कृषक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख प्रदिप गौतमले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले कृषकहरुलाई परामर्शका साथै स्थलगत रुपमा पशुको उपचार गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बेनीलाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन कृषकहरुलाई प्राविधिक सेवाका साथै प्रोत्साहन गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...