बेनीमा हुक्का निषेध

Add Samajik bikash office

बेनी, बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवम् बिक्री वितरणमा निषेध गरेको छ ।

स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख सुरत केसीले सरोकारवालासँग छलफल र कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्यका लागि हानिकारक र लागु औषधको लत बसाउने हुक्कालाई प्रतिबन्ध लगाइएको जानकारी दिए ।

Shreekrishna hardwear in news

‘हुक्का खैनी, चुुरोट भन्दा पनि बढी हानिकारक सुर्तिजन्य पदार्थ हुक्का किशोर किशोरीहरुलाई लागु औषधको लतमा फलाउने कारण बनेको छ,’ उनले भने ‘सामाजिक र सुुरक्षा चुुनौति बढाएकाले नगर क्षेत्रमा हुक्का प्रतिबन्ध लगाइएको हो ।’

जिल्ला सदरमुुकाम बेनी बजारका साथै रत्नेचौर, तातोपानी र गलेश्वर बजारका होटल रेष्टुुरेष्टमा हुुक्का नराख्ने र बजारमा पनि बिक्री बितरण नगर्ने विषयमा व्यवसायी, टोल विकास संस्था र जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।

Bhautik ministry notice about road

हुुक्का सेवन गर्ने युवा युुवति बढ्दो क्रममा छन् । चुुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न फेलेबर (स्वाद)मा पाइनुले युवा पुस्ता यसप्रति आकर्षित भएका हुन् । कफि पसल, रेष्टुुरेन्ट र बार हुुक्का सेवन स्थल हुुन् ।

हुुक्का तान्ने सेन्टरहरु तन्नेरी पुस्तामा अपराध फैलाउने माध्यमको थलो बनेको सुरक्षा निकायको विष्लेषण छ । हुुक्काले सामाजिक मर्यादा भत्काएको छ । सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडी तन्नेरीले हुक्का तानेको भेटिन्छ ।

स्वास्थ्य सम्बन्धी अध्ययन प्रतिवेदनहरुका अनुसार एक पटक हुक्का सेवन गर्दा १० देखि १५ खिल्ली चुरोट सेवन गर्नुु बराबर हो । एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा च चुरोट सेवन गर्नु जस्तै हो । हुुक्कामा निकोटिन, भारी धातु, कार्वन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ । जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ ।

अत्याधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मुत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढने चिकित्सकहरुले बताएका छन् । धुु्रमपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धु्रमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुण बढी हुुन्छ । निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...