मुद्रण संघको कैदीबन्दीलाई प्रिन्टर सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दी मुद्रण संघले जिल्ला कारागार म्याग्दीका कैदी बन्दीहरुलाई प्रिन्टर सहयोग गरेको छ ।
संघको प्रथम स्थापना दिवसको अवसरमा मंगलबार १ थान प्रिन्टर सहयोग गरिएको हो । संघका अध्यक्ष सन्दिप खत्री लगायतको टोलीले निमित्त कारागार प्रमुख इन्द्रप्रसाद शर्मालाई प्रिन्टर हस्तान्तरण गरेको थियो ।
कैदी बन्दीको माग अनुसार उनिहरुको आवश्यकता पुरा हुने सामग्री सहयोग गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । संघका अध्यक्ष खत्रीको अध्यक्षता, उपाध्यष रुद्रप्रसाद सुवेदीको स्वागत, सचिव सन्तोष ढुङ्गानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाले व्यवसायिक हक हितसँगै विभिन्न सामाजिक काम गर्दै आएको छ । हाल जिल्लामा २० जना भन्दा बढी प्रिन्टिङ सम्बन्धी काम गर्ने व्यवसायीहरु संघमा आवद्ध रहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...