गण्डकीको भौतिक मन्त्रालयले टुक्रे योजना फिर्ता पठायो

Gandaki Pardesh notice

पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले संघीय सरकारले पठाएको टुक्रे योजना फिर्ता गरेको छ ।

संघीय सरकारले शसर्त शिर्षकमा प्रदेशमा पठाएको टुक्रे प्रकृतिका योजना फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला प्रकृतिका आयोजनाका लागि व्यवस्थापन गर्ने प्रक्रीया अघि बढाएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीयले पठाएको टुक्रे योजनाको बजेट संघीय शसर्तका दायित्व सिर्जना भएका योजनामा रकमान्तरण गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“प्रदेश सरकारले रु. ३० लाख भन्दा कम बजेटका योजनामा लगानी नगर्ने नीति लिएको अवस्थामा संघीय सरकारले रु. चार÷पाँच लाख बजेटका योजना पठाउदाँ समस्या भएको थियो,” उहाँले भन्नुभयो “संघीय शसर्तका टुक्रे योजनाको बजेट रकमान्तरण गरेर संघीयकै दायित्व सिर्जना भएका आयोजनामा खर्च गर्न लागिएको हो ।”

Bhautik ministry notice about road

संघीय सरकारले गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई चालु आर्थिक वर्षमा रु. ३० लाख भन्दा कम बजेटका १७४ वटा योजनाका लागि रु. १६ करोड २५ लाख बिनियोजन गरेको थियो ।

सो बजेट दायित्व सिर्जना भएका संघीय शसर्तका ८ वटा सडक योजनामा रकमान्तरण गरिएको मन्त्रालयले जनाएको छ । यी आयोजनाका लागि चालु आर्थिक वर्षमा रु. १ करोड १५ लाख मात्र बजेट बिनियोजन भएको थियो ।

संघीय शसर्तको दायित्व सिर्जना भइसकेको स्याङ्जाको मिर्मी–क्याक्मी–भिमाद सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा बजेट शून्य थियो । रु. ३ करोड ५० लाख भुक्तानी दिनुपर्ने कास्कीको फुर्सेखोला–रायोडी– मट्टिखाना सडकमा रु. २० लाख मात्र बजेट आएको थियो ।

मन्त्रालयको सडक तथा सहरी विकास महाशाखाका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर राम पराजुलीले संघीय अर्थ मन्त्रालयले शसर्त शिर्षकको एउटा आयोजनाको बजेट अर्को योजनामा रकमान्तर गर्न प्रदेशकोे आर्थिक मामिला मन्त्रालयलाई अधिकार दिएपछि भौतिकले अधुरा आयोजनालाई बजेट ब्यवस्थापन गरेको बताउनुभयो ।

“संघीय शसर्तका दायित्व सिर्जना भइसकेका ३० भन्दा बढी आयोजनाका लागि रु. एक अर्ब ६५ करोड बजेट आवश्यक छ,” उहाँले भन्नुभयो “टुक्रे योजनाको बजेट काम भइरहेका र भुक्तानी दिनुपर्ने योजनामा ब्यवस्थापन गरिएपनि अपुग भएकाले अप्ठ्यारो परेको छ ।” मन्त्री जुग्जालीले अधुरा आयोजनालाई पूर्णता दिन निर्माण व्यवसायीलाई काममा फर्काउने र बजेट ब्यवस्थापन गर्ने कामलाई सँगसँगै अघि बढाएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...