लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

Gandaki Ghumau

बेनी, । बेनीमा मंगलबार सम्पन्न अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा प्रतियोगिता आयोजना गरेको थियो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश रु. २० हजार, रु. १२ हजार, रु. ८ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् ।

Shreekrishna

प्रतियोगितामा बेनी आवासीय मावि र दरबाङ बोर्डिङ स्कुलले सान्त्वना क्रमश रु. ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापाले बताउनुभयो ।

Gunasthariya Shiksya

प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभयो । नयाँ पुस्ता आधुनिक कला र संस्कृतिमा रमाइरहेको अवस्थामा प्रतियोगिताले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरणको अभियानमा सघाएको सांसद गर्बुजाले बताउनुभयो ।

सोही अवसरमा गण्डकी प्रदेशकी पूर्वमन्त्री नरदेबी थापा, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, नेपाल भाषा मंकाखल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, मगर संघ म्याग्दीकी निर्वतमान अध्यक्ष डकमायाँ पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दिवसको अवसरमा बेनी बजारमा मगर समुदायले झाँकी सहितको ¥याली निकालेका थिए । बिरेन्द्रचोकबाट शुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै जिसस सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

मगर समुदायको मौलिक भेषभुषा पहिरिएका उनिहरुले पुरख्यौली नाच, सोरठी भाका प्रस्तुत गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...