आदर्श माविमा ‘आइसिटी फर फ्राइडे’

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रवारको पठनपाठनमा किताब रहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतिय माध्ययमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ ।
ग्रामीण भेगमा रहेको यस विद्यालयका विद्यार्थीहरुलाई आधुनिक शिक्षण शिकाइ क्रियाकलाप मार्फत पठनपाठन गराउने गरि आगामी वैशाखदेखि हरेक साताको शुक्रवार विद्यार्थीहरुलाई विद्यालयमा पाठ्यपुस्तक रहित ‘आइसिटी फर फ्राइडे’ सञ्चालन गरिने विद्यालयका प्रधानध्यापक कुमार गर्वुजा पुनले जानकारी दिनुभयो ।
विद्यालयले केहि महिनायता उक्त कार्यक्रमका लागि सञ्चालन गरेको आर्थिक संकलन अभियानमा अहिलेसम्म रु १० लाख ५७ हजार सहयोग संकलन भएको प्रअ पुनले बताउनुभयो । उहाँका अनुसार, यस अभियानमा स्थानीयबासी, भूपु विद्यार्थी, सहयोगदाता, चन्दादाताहरु मार्फत सहयोग जुट्ने क्रम जारी रहेको छ । अहिलेसम्म यस अभियानमा १३० जनाले सहयोग गरेका छन् ।

Bhautik ministry notice about road


विद्यालयको ६८ औँ बार्षिक उत्सवको अवसरमा विद्यालयले सहयोगदाताहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा विद्यालयका सहयोगदातासंगै पूर्व व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रअ, अक्षयकोषदाता लगायतलाई सम्मान गरिएको छ । विद्यालयले सहयोगदाता मार्फत जुटेको रकमबाट ‘आइसिटी कोष’ बनाउने र त्यसै मार्फत सूचना तथा सञ्चार प्रविधिका सामाग्रीको बन्दोबस्त गर्ने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गर्वुजाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

‘‘हामीले शुक्रवार विद्यार्थीले विद्यालयमा झोलामा किताब बोकेर आउन नपरोस भनेका छौँ, मोवाइललाई शिक्षण सिकाइमा उपयोगमा ल्याउन सकियो भने पनि यसले धेरै सहयोग पुग्छ, आधुनिक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको छ’’– उहाँले भन्नुभयो । मोवाइल फोनलाई गलत प्रयोग गर्ने प्रचनलाई हटाएर बालबालिकाको शिक्षण सिकाईमा उपयोगमा ल्याउने विद्यालयले जनाएको छ ।
विद्यालयका सबै कक्षाकोठामा इन्टरनेटको पहुँच पु¥याउँदै मोवाइल, ल्यापटप, कम्प्युटर, प्रोजेक्टर लगायतको प्रविधिबाट साताको शुक्रवार अनिवार्य रुपमा पठनपाठन गराउने विद्यालयको तयारी छ । कुल ५६ जना विद्यार्थी अध्ययनरत यस विद्यालयले वि।स। २०७७ सालदेखि कक्षा ६ देखि १० सम्म कम्प्युटर बिषयमा पठनपाठन समेत गराउँदै आएको छ । विद्यालयको यस अभियानमा अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षमा रु ५ लाख २० हजार बजेट उपलब्ध गराउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
समुदाय आफैले विद्युतिय माध्ययमबाट पठनपाठन गराउने अभियानमा सहयोग जुटाइरहेकाले गाउँपालिकाले समेत प्रविधिको व्यवस्थापनमा सहयोग गर्ने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयमा ‘टेलि टिचिङ’लाई समेत प्रयोगमा ल्याउने भएको छ । माध्यमिक विद्यालयमा रहेको शिक्षक अभाबलाई हटाउन सबै माविहरुमा पठनपाठन गराउने बिषय र समय तालिकामा एक रुपता ल्याउने र प्रोजेक्टरको माध्ययमबाट पठनपाठन गराउने गाउँपालिकाको तयारी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...