धवलागिरी गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई ३० हजार रुपैयाँ दिने भएको छ ।

गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।

लोगो निर्माण गर्दा गाउँपालिकाको पहिचान, नेपालको झण्डा, विश्वकै सातांैं अग्लो धौलागिरी हिमाल, रेडपाण्डा, विशेषता, भाव लगायत विषय उल्लेख हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘छनौट समितिबाट अन्तिम नतिजा सार्वजनिक भएपछि लोगोमा केही सुधार गर्न परेमा सम्बन्धित ब्यक्तिलाई अवसर दिइने छ’ सुबेदीले भन्नुभयो । गाउँपालिकाको लुलाङ र गुर्जा क्षेत्रमा पाइने लोपोउन्मुख रेडपाण्डालाई समेत गाउँपालिकाले पहिलोपटक आफ्नो आधिकारिक लोगोमा समेट्दै संरक्षणका लागि पहल सुरु गरेको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई एक समारोहका बिच गाउँपालिकाले रु. ३० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।

लोगोमा नेपालको झण्डा, गाउँपालिकामा रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल र लोपउन्मुख रेडपाण्डा अनिवार्य समावेश हुनुपर्ने ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...