एमाले म्याग्दी पालिका अधिवेशनको तयारीमा

Gandaki Pardesh notice

बेनी, । नेकपा एमाले म्याग्दीले स्थानीय तहमा पालिका स्तरीय कमिटिको अधिवेशनको तयारी गरेको छ ।

एक महिनाअघि बेनीमा जिल्ला अधिवेशन गरेको एमालेले छ वटै स्थानीय तहको अधिवेशन गर्ने तयारी गरेको हो । फागुन ५ गते मंगला, ६ गते धवलागिरी, ७ गते रघुगंगा, १० गते मालिका, ११ गते अन्नपूर्ण र शनिबार बेनी नगरपालिका कमिटिको बैठकबाट अधिवेशनको मिति तय भएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

यही फागुन १८ गते धवलागिरी, २६ गते रघुगंगा, २८ गते मंगला, २४ गते मालिका र ३० गते अन्नपूर्ण गाउँपालिका कमिटिको अधिवेशनको मिति तय भएको छ । महिला, दलित, युवा र अन्य कलष्टरबाट प्रतिनिधी छनौटका लागि सबै वडा कमिटिहरुमा भेला हुन थालेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

पालिका अधिवेशनको लागि प्रचार, प्रतिवेदन लेखन, व्यवस्थापन, आर्थिक लगायतको तयारीका लागि उपसमिति गठन भएको छ । फागुन मसान्तभित्र पालिका र चैत महिनाभित्र वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...