पर्यटकको पर्खाइमा नर्जा झरना (भिडियो सहित)

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– २ लमसुङ स्थित नर्जा झरना पर्यटकको पर्खाइमा छ । पुर्बाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको नर्जा झरनाको सौन्दर्य पर्यटक सामु पुग्न सकेको छैन् ।

गाउँपालिकाको केन्द्र मुना देखि लमसुङ जाने बाटोमा पर्ने नर्जा झरनाले गुरिल्ला पदमार्ग, ढोरपाटन शिकार आरक्ष र गुर्जा जाने तथा आउने पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ । अग्लो पहाडबाट खस्ने नर्जा खोलाले लहरै तीन वटा झरना बनाएको छ ।

Shreekrishna hardwear in news

सबैभन्दा तल्लो भागमा रहेको झरनाको उचाई करिब एक सय मिटर छ । झरनाको फेदीमा आकर्षक तलाउ बनेको छ । छङछङ गर्दै खस्ने झरनामा इन्द्रेणीको रंगले झनै आकर्षक देखाउने गरेको छ । एकान्त वातावरण र मनमोहक दृष्य नर्जा झरनाको बिशेषता भएको आन्तरिक पर्यटक नबिन छन्त्यालले बताउनुभयो ।

‘यति आकर्षक झरना भएको सुनेपनि हेर्न भनेर पहिलो पटक आए,’ उहाँले भन्नुभयो ‘जति हेरेपनि धितै नमर्ने यहाँको सौन्दर्यले मोहित बनायो ।’ झरनाको प्राकृतिक सौन्दर्य स्थानीय स्तरमै सिमित हुँदा पर्यटन बिकास हुन नसकेको हो ।

Bhautik ministry notice about road

झरनाको नजिकै महतला सम्म सडक पुगेको छ । मुना देखि लुलाङ हुदै गुर्जा र ढोरपाटन जानेहरु नर्जा झरनाको नजिकैको बाटो भएर आवत जावत गर्छन् । तर झरना परिसर सुनसान हुन्छ । झरनाको महत्व र बिशेषताको बारेमा धेरैलाई जानकारी छैन् । यहाँ छाँगारोहण खेल सञ्चालन गर्न सकिने सम्भावना पनि छ ।

गाउँपालिकाले झरना नजिकैको पाखोमा विभिन्न रंगका फुलको बगैचा स्थापना गरि सौन्दर्यकरण गर्ने, फेदीको पोखरीको आकार बढाउने, बिश्राम र दृष्य अवलोकन स्थल बनाउने जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले नर्जा झरनाको प्रर्वद्धनसँगै पूर्बाधार विकासमा जोड दिने बताउनुभयो ।

‘नर्जा लगायत झरना र पर्यटकीय स्थलहरुको अवस्था, आवश्यक पुर्बाधार र सम्भावना पहिचानका लागि पर्यटन गुरुयोजना बनाउन चालू आर्थिक बर्षमा दश लाख रुपैयाँ बजेट बिनियोजन गरेका छौ,’ उहाले भन्नुभयो ‘डिपिआर बनाएर पुर्बाधार निर्माण सुरु गर्ने तयारीमा छौ ।’
नर्जा झरनालाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकेमा नजिकैको मुना, खोरिया, लमसुङ गाउँका बासिन्दाको आयआर्जन र जिवनस्तर सुधारमा पनि सहयोग पुग्ने उपाध्यक्ष छन्त्यालको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...