प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी तृतीय

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नवलपुरमा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दी जिल्लाले सम्रगमा तेस्रो स्थान हाँसिल गरेको छ ।

एकल इभेन्टमा स्वर्णपदक जितेपनि पहिलोपटक खेलका विभिन्न विधामा उत्कृष्ट प्रर्दशन सहित काँस्य पदक सहित प्रदेशमा खेलकुद विधामा उत्कृष्ट ३ भित्र पर्न सफल भएको हो । जिल्ला खेलकुद विकास समितिका खेलकुद प्रशिक्षक मलिन रोकाले म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० काँस्य पदक जितेको बताउनुभयो । प्रतियोगितामा एथलेटिक्समा ३ स्वर्ण, उसुमा ३, टेक्वान्डो २, कबडी छात्रामा १ स्वर्ण जितेको प्रशिक्षक रोकाले बताउनुभयो ।

म्याग्दीबाट स्वर्णपदक बिजेता सबै र भलिबल तर्फ छात्रामा उपविजेता भएपनि उदयमान खेलाडीको रुपमा कमला पाइजा र रिकजना माँझी राष्ट्रियस्तरको खेलका लागि छनौट भएका छन् । नवलपुरको कावासोती रङ्गशालामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीको सम्रग नतिजा सन्तोषजक देखिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

‘हामीले यसपटक उपाधी नै कब्जा गर्ने रणनीतिका साथ पुगेका थियौं, केही खेलमा प्राविधिक कमजोरी देखियो, सुधार गरी अवका दिनमा राम्रो खेल्ने वातावरण बनाउँछौ’ अध्यक्ष केसीले भन्नुभयो । उहाँले मार्सल आर्ट र एथलेटिक्सका विधामा केही स्वर्णपदक थप आउने अपेक्षा गरिएको भएपनि खेलाडीको मेहनत प्रयाप्त हुदाँहुदै पनि रजत पदकमा सिमित हुनुपरेको बताउनुभयो ।

म्याग्दीले प्रदेशस्तरीय खेलमा पहिलोपटक ११ जिल्लामा तेस्रो स्थानमा आउनु राम्रो भएको र केही खेलाडीहरु प्रदेशको समेत रोजाईमा परेको अध्यक्ष केसीले बताउनुभयो । उहाँले सिमित स्रोतसाधानका बाबजुत पनि उत्कृष्ट खेल प्रर्दशन गरेकोमा सहभागी सबै खेलाडीलाई र ब्यवस्थापनमा खटिएकालाई समेत धन्यवाद दिनुभयो ।

प्रतियोगितामा पदक विजेता खेलाडीलाई आइतबार जिल्ला खेलकुद विकास समितिले सम्मान गर्ने कार्यक्रम राखेको छ । प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट जिल्ला स्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागि थिए । म्याग्दीबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा खेलाडी सहभागी जनाएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...