किर्तिपुरको मेयरकप बास्केटबलमा अन्नपूर्ण गाउँपालिका दोस्रो पटक च्याम्पियन

Gandaki Pardesh notice

सुरेन गुरुङ
किर्तिपुर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका कीर्तिपुर नगरपालिकाले आयोजना गरेको मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन भएको छ ।

शनिबार भएको फाइनल खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै च्याम्पीयन भएको हो । अन्नपूर्णले किर्तिपुर नगरपालिकाले गत वर्ष आयोजना गरेको बास्केटबल प्रतियोगिताको पनि उपाधी चुमेको थियो ।

कास्कीको अन्नपूर्णलाई गाउँपालिकालाई ६६ का विरुद्ध ७४ स्कोर गर्दै च्याम्पीयन भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका टिम व्यवस्थापक बिसन राना पुनले जानकारी दिनुभयो । अर्जुन विकको कप्तानीमा मैदानमा उत्रिएका अन्नपूर्णको टिममा रनिक गर्बुजा, सुजल परियार, मनिष तिलिजा, सुदिप बरुवाल, निष्चल फगामी, ताकबहादुर सेञ्चुरी, राजन तिलिजा पुन, रोशन सुनार, विवेक गर्बुजा, दिपक पुर्जा र सविन राम्जाली सहभागी हुनुभएको थियो ।

Shreekrishna hardwear in news

प्रतियोगिताको बिजेता र उपबिजेताले कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु. १ लाख २५ हजार र रु. ७५ हजार पुरस्कार प्राप्त गरेका छन् । अन्नपूर्णका रनिक गर्बुजाले उत्कृष्ट खेलाडी घोषित हुदै रु. दश हजार र ट्रफी प्राप्त गर्नुभयो ।

Bhautik ministry notice about road

सुमन तिलिजा पुन प्रशिक्षक र बिसन राना पुनको व्यवस्थापनमा अन्नपुर्णको टोली प्रतियोगितामा सहभागी हुन कीर्तिपुर गएका थिए । बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) र नेपाल बास्केटबल संघका अध्यक्ष भिमसेन गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्mागुन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपालका १२ वटा स्थानीय तहले सहभागिता जनाएका थिए । पहिलो खेल नागार्जुन नगरपालिकासँग हारेको अन्नपूर्णले दोस्रो खेलको प्रतिस्पर्धी बुढानिलकण्ठ नगरपालिका सहभागि नभएपछि क्वाटर फाइनल पुगेको थियो ।

क्वाटर फाइनलमा भक्तपुर नगरपालिकालाई जितेको अन्नपूर्णले गत वर्षको उपबिजेता आयोजक किर्तिपुरलाई सेमि फाइनलमा पराजित गरेको थियो । महानगर, उपमहानगर, नगरपालिका बाहेक गाउँपालिकाको टिम म्याग्दी र कास्कीको अन्नपूर्ण थिए ।

अन्नपूर्ण गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि रु. १ लाख पचास हजार बजेट सहयोग गरेको थियो । ग्रामिण क्षेत्रका खेलाडीहरुले राजधानीमा पुगेर गरेको उत्कृष्ट खेलकौशल प्रर्दशनीले उत्साही र खुसी बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

बास्केटबलको राष्ट्रिय स्तरको प्रतियोगितामा म्याग्दीका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेर उपाधी दिलाउने र जिल्लालाई चिनाउन योगदान गरेपनि बास्केटबल सरोकारवालाहरुको प्राथमिकतामा नपरेको खेलाडीहरुले गुनासो गरेका छन ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...