बेनी आवासीय माविले ३३ औ वार्षिकोत्सव मनायो

Gandaki Ghumau

बेनी, । बेनी आवासीय माविले शुक्रबार ३३ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ ।

नेपाल भाषा मंका खलको सभाहलमा सभाहलमा आयोजित दिवसको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गर्नुभयो । प्रजिअ ढकालले नेपालभित्र र बाहिरी देशमा समेत विक्न सक्ने क्षमतावान् विद्यार्थीहरु उत्पादनमा विद्यालयले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

विद्यालयले शैक्षिक तथा अन्य त्रियाकलापमा समेत उत्तिकै प्राथमिकता दिनुपर्ने प्रजिअ ढकालको भनाई थियो । सोही अवसरमा विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले हालसम्मको शैक्षिक नतिजाका बारेमा जानकारी गराउँदै एसइइमा जिल्लाभित्रका संस्थागत विद्यालयमा औसत नतिजामा सधै बेनी आवासीय पहिलो स्थानमा रहेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

शिक्षक अभिभावक संघका अध्यक्ष बिक्रम बोगटीलेअभिभावकको विश्वास र जनशक्तीको उचित ब्यवस्थापन र परिचालनका कारण विद्यालय सफल रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर थापा, प्रहरी नायव उपरीक्षक मदन कुँवर, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ लगायत सदरमुकाम बेनीमा सञ्चालित निजी विद्यालयका प्रधानाध्यापक सहित अभिभावक र अन्य संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बार्षिक उत्सवको अवसरमा विभिन्न विधामा विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै मन्टेश्वरी देखि कक्षा १० का विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने अभिभावक, शिक्षकले समेत गीत र नृत्य देखाएका थिए । बार्षिक उत्सव तथा अभिभावक भेलामा संस्थापक यशोधा बानियाँको अध्यक्षता, शिक्षक विशाल क्षत्री र दिपिका सुबेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...