डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नति शुरु

Gandaki Pardesh notice

बेनी, पर्वतको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको छ ।

वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत गरि कुल रु. दुई करोड बजेट बिनियोजन गरेर सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलान गर्न लागिएको वडा अध्यक्ष हरि बिकास जिसीले जानकारी दिनुभयो ।

“रु. एक करोड ३३ लाख ५५ हजार २१८ मा ठेक्का सम्झौता गरेको साहना सक्षम जेभीले साघुरो र अप्ठ्यारो सडक तथा घुम्तिलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माणलाई तिब्रता दिएको छ,” उहाँले भन्नुभयो “संरचना निर्माणको काम सकिएपछि सडक ढलान गर्ने तयारी गरिएको छ ।”

Shreekrishna hardwear in news

७८० मिटर लम्बाई र ५ मिटर चौडाईका दरले सडक ढलान गरिने गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले बताउनुभयो । आगामी जेठ महिनाभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ् । यस वर्ष बिनियोजन भएको बजेट मार्ग खुलेपछि हालसम्मकै धेरै भएको वडा अध्यक्ष जिसीले बताउनुभयो । पहिलो चरणमा डमुवाखोला देखि नाग्लीवाङ सम्मको ३ किलोमिटर सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।

Bhautik ministry notice about road

हाल ३ देखि ४ मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गर्छ । सामान्य मर्मतको भरमा यातायातका साधन सञ्चालन हुने गरेका छन् । यसअघि गाउँपालिकाको रु. पचास लाख बजेटमा अप्ठ्यारो ठाउँमा ५०० मिटर सडक ढलान गरिएको थियो ।

नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजार भन्दा बढी घरधुरीले यो सडक प्रयोग गर्ने वडा सदस्य खिमबहादुर खत्रीले बताउनुभयो । नाग्लीवाङको वडा कार्यालय र स्वास्थ्य चौकी पनि यही भएकाले अन्य वस्तिका बासिन्दाले पनि यो सडक प्रयोग गर्छन् ।

सडक सहज भएमा यात्रावअधी छोटिने, सुरक्षित र सहज रुपमा यात्रा गर्न पाउनु, ढुवानी र आवत जावतमा भाडादर घट्ने अपेक्षा गरिएको छ । कृषि उपज निकासीमा सहज हुनेछ् । राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरीडोरमा पर्ने डमुवाखोला देखि नाग्लीवाङ हुदै लुप्राङ जोड्ने यो सडक ११.५ किलोमिटर लामो छ ।

सडक पूर्ण रुपमा स्तरोन्नतिका लागि रु. ४८ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर स्रोतको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । प्रदेश र संघीय सरकारसँग सडक स्तरोन्नतिका लागि योजना र बजेट प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...