१०९ जना कन्याबाट ब्रह्माण्डीय महायज्ञ उद्घाटन

Gandaki Pardesh notice

बागलुङ — बागलुङ नगरपालिका–६ पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेका हुन् ।

यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको दाबी गरिएको छ । महायज्ञ १५ दिन सम्म चल्ने छ । महायज्ञ विश्वशान्तिको कामना, व्यक्तित्व बिकास र यहाँको समग्र धार्मिक तथा पर्यटकीय विकासको लागि गर्न लागिएको महायज्ञ मुल आयोजक तथा पञ्चकोट बिकास परिषदका संरक्षक कमलनयनाचार्यले जानकारी दिनुभयो ।

महायज्ञका लागि एक महिना अघिदेखि मुस्ताङको लोमान्थाङ देखि त्रिवेणी सम्मका विभिन्न समुदायका कन्या झिकाइएको थियो । उनीहरुसँगै ९ बर्ष भन्दा माथिका कन्यासमेत समावेश गराइएको थियो । उद्घाटनको अबसरमा पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, संविधानसभाकी सदस्य गीता वाग्ले, एनआरएनए महासचिव सोम सापकोटाले शुभकामना मन्तव्य राख्नुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा मुल संरक्षक कमलनयनाचार्य, स्वामी देवराज आचार्य र पुरुषोत्तम आचार्यले बेदमन्त्र सहित विश्वशान्तिको कामना गर्नुभयो । महायज्ञमा सयौं क्विन्टल धान दान गर्ने, बेदपुराण लगायतका पाठ गर्ने, धार्मिक प्रवचन, भजन तथा बिकास निर्माण, पर्यटक, कृषि, राजनीति र आर्थिक बिकास सम्बन्धीत सम्मेलनहरु गर्ने कार्यक्रम तय गरिएको छ ।

महायज्ञको उदघाटन पूर्व भजनकिर्तन, बाजागाजा सहित कलश यात्राले पञ्चकोट परिक्रमा गरिएको थियो । पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा संचालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका संकल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभयो । उहाँले देशभरका सम्पूर्ण भक्तजनहरुलाई पञ्चकोटमा आउन आह्वान समेत गर्नुभयो ।

Bhautik ministry notice about road

जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञ मार्फत जलसम्पदाको संरक्षण,पर्यटन प्रवद्र्धन गर्नुका साथै मौलिक धर्मसंस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्य रहेको महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यले बताउनुभयो ।

पूर्व प्रधानन्यायाधिश गोपाल पराजुली विचार व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको मौलिक धर्मसंस्कृतिको संरक्षण र धार्मिक पर्यटनको विकासमा महायज्ञले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । धार्मिक पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेर धार्मिक पर्यटक भित्राउन सकेमा मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

महायज्ञको दोस्रो दिन विहिवार राष्ट्रपति रामचन्द्र पौडेलले पाँचहजार पाँचसय ५५ किलोको मुक्तिनाथ महाघण्टको विधिपूर्वक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो । महायज्ञको १५ दिन विभिन्न विधामा रहेर गण्डकी तथा राष्ट्रिय सम्मेलनहरु संचालन हुनेछन् ।

उक्त सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजनीतिक दलका केन्द्रिय नेताहरु, संघीय मन्त्रीहरु, मुख्यमन्त्रीहरु लगायत सरकारी उच्च तहका पदाधिकारीहरुको आगमन हुने महायज्ञका प्रवक्ता प्रपन्नचार्यले बताउनुभयो ।

विभिन्न समयमा संचालन भएका महायज्ञ सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरका धार्मिक संरचना निर्माण भइसकेका छन् । पञ्चकोटमा निर्माणधिन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

गण्डकी विश्व शान्तिकलश निर्माणधिन अवस्थामा छ । कलश निर्माण गर्न करिब एक अर्ब लाग्ने अनुमान छ । महायज्ञबाट संकलन भएको रकमबाट विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिने आयोजकले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...